कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङबेशी । मातातिर्थ औँशी (आमाको मुख हेर्ने दिन) लक्षित गरी मिठाइ पसलहरूमा अखाद्य मिसावट, लेबलिङ अभाव र सरसफाइमा लापरबाही भइरहेको भन्ने जनगुनासो आएपछि नीलकण्ठ नगरपालिकाले धादिङबेशी बजार क्षेत्रका ९ वटा मिठाई पसलमा अनुगमन गरेको छ।
नीलकण्ठ नगरपालिका वडा नं। ३ अन्तर्गत धादिङबेशी बजार क्षेत्रमा गरिएको उक्त अनुगमनमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता संरक्षण हकहित समितिका प्रतिनिधि, नगर प्रहरी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा अधिकांश पसलमा सरसफाइको अवस्था सन्तोषजनक नदेखिएको, उत्पादन सामग्रीमा आवश्यक लेबलिङ नभएको, नापतौलका उपकरणहरुहरु नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा प्रमाणित नभएको तथा अखाद्य रंगको प्रयोग भएको पाइएको थियो । साथै, केही पसलमा उपभोग्य मिति समाप्त भएका तथा अखाद्य रंङ मिसिएको खाद्य सामग्री समेत भेटिएपछि ती वस्तुहरू तत्काल नष्ट गराइएको थियो ।
अनुगमन टोलीले व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यस्ता गम्भीर विषयमा लापरबाही नगर्न कडा निर्देशन दिँदै तत्काल सुधार गर्न सचेत गराएको छ । विशेषगरी चाडपर्वको समयमा गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री वितरण नगर्न आग्रह गरिएको छ ।
नीलकण्ठ नगरपालिकाले आगामी दिनमा पनि यस्ता अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाइने नगरपालिकाको प्रशासन शाखा अधिकृत लोकनाथ उपाध्यायले बताउनु भयो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।