नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,१४ चैत्र । ज्वालामुखी गाउँपालिकाको आयोजनामा खरी स्वास्थ्य चौकी स्थित धुलीमैदानमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दुर्गम क्षेत्रमा बसोबास गर्ने तथा आर्थिक र पहुँचका कारण ठूला अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो । शिविरबाट स्थानीय सेवाग्राहीहरूले विभिन्न रोगको विशेषज्ञ सेवा लिई उल्लेखनीय राहत महसुस गरेका छन् ।
आज शनिबार आयोजित शिविरमा जनरल सर्जरी, जनरल फिजिसियन, महिला रोग, बाल रोग, नाक–कान–घाँटी, दन्त रोग, छाला रोग, हाडजोर्नी तथा मानसिक रोग लगायतका सेवाहरू उपलब्ध गराइएको थियो । शिविरमा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष याम नाथ दनैका अनुसार रोटरी क्लबसँगको सहकार्यमा गाउँ–गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने उदेश्यले शिविर सञ्चालन हुँदै आएको छ । दनैले रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा करिब १० लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराइएको जानकारी दिँदै सकेसम्म सबै बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको बताउनुभयो । केही औषधि प्राविधिक कारणले उपलब्ध हुन नसकेको उहाँको भनाइ थियो । उहाँले यस्ता स्वास्थ्य शिविरले ग्रामीण भेगका नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा ल्याउने बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका जनाउनु भएको छ ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले नियमित रूपमा स्वास्थ्य सेवा विस्तार गरिरहेको बताउनुभयो । उहाँले यस प्रकारका शिविरले नागरिकलाई आफ्नै स्थानमा विशेषज्ञ सेवा लिन सहज बनाएको बताउनुभयो ।
रोटरी क्लब अफ नारायणी मिड टाउनका बर्ष २५–२६ को प्रेसिडेन्ट परमेश्वर भण्डारीले ज्वालामुखी गाउँपालिकामा विगत केही वर्षदेखि निरन्तर रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले “स्वार्थभन्दा माथि सेवा” भन्ने रोटरीको मूल मन्त्रअनुसार स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
चितवन मेडिकल कलेजका सिनियर प्राविधिक म्यानेजर अच्युत कोइराला ले शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको बताउँदै विशेषगरी हाडजोर्नी तथा सामान्य स्वास्थ्यसम्बन्धी समस्या बढी देखिएको जानकारी दिनुभयो । गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा आउन आग्रह गर्दै शिविर कार्डका आधारमा एक महिनाभित्र उपचार गर्दा २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
शिविरमा रोटरी क्लब अफ नारायणी मिडटाउन, चितवन मेडिकल कलेज र रोटरी क्लब अफ धादिङको प्राविधिक सहयोग रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |