कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङ, १० चैत्र ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट ५ हजार ४६ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भुमिलाल सुवेदीका अनुसार नियमिततर्फ ४ हजार २ सय ४६ जना र ग्रेडवृद्धि तर्फ ८ सय जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। सुवेदीका अनुसार समग्र विद्यार्थी सहभागिता सन्तोषजनक देखिए पनि गत वर्षको तुलनामा नियमिततर्फ २ सय ६३ जना विद्यार्थी घटेका छन्।
परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै उहाँले उत्तरपुस्तिका लगायत आवश्यक सामग्री सम्बन्धित केन्द्रहरूमा पु¥याइसकिएको जानकारी दिनुभयो । “परीक्षालाई शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया पूरा गरिसकेका छौं,” उहाँले भन्नुभयो।
उहाँले अभिभावक र विद्यार्थीलाई कुनै डर–त्रास बिना आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ । साथै केन्द्राध्यक्ष तथा सम्बन्धित निकायले विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन आवश्यक सबै प्रबन्ध मिलाइने बताउनुभयो ।
गत वर्षको अनुभवबाट सिक्दै यस वर्ष परीक्षा अझ व्यवस्थित र गुणस्तरीय रूपमा सञ्चालन गरिने लक्ष्य रहेको सुवेदीले बताउनुभयो । विद्यार्थीहरू उत्साहित र अनुशासित ढङ्गले परीक्षामा सहभागी हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।
परिक्षामा सामुदायिक तर्फ १४३ र संस्थागत १८ विद्यालय गरि १६१ विद्यालय सहभागि हुने छन् ।
गत वर्ष धादिङका सामुदायिक १ सय ३४, संस्थागत १८ र निजी २ वटा विद्यालयबाट विद्यार्थीहरूले एसईई परीक्षा दिएका थिए । त्यतिबेला नियमिततर्फ ४ हजार ३ सय ४७ जना, प्राविधिकतर्फ १ सय ६४ जना, ग्रेड वृद्धितर्फ ९ सय ३२ जना र खुल्लातर्फ ३२ जना गरी जम्मा ५ हजार ४ सय ७५ जना विद्यार्थी सहभागी भएका थिए ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।