नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ११, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
  • कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
मुख्य समाचार
ताजा समाचार

धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • २०८२ फागुन १९, मंगलबार
  • ७ महिना अघि
  • ६ मिनेट पढाइ
  • ११४४१ पटक पढिएको
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

धादिङ  । प्रतिनिधि सभा सदस्य निर्वाचन हुन अब दुई दिन मात्र बाँकी रहँदा धादिङ जिल्लामा मौन अवधि सुरु भएसँगै उम्मेद्वारहरूले प्रचार–प्रसार, घरदैलो तथा मतदाता भेटघाटका कार्यक्रम पूर्णरूपमा रोकेका छन्। मौन अवधि सुरु भएयता जिल्लामा आचारसंहिता उल्लंघनका कुनै घटना सार्वजनिक भएका छैनन्।

दुई निर्वाचन क्षेत्र रहेको धादिङमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। कुल २ लाख ७५ हजार २ सय ८० मतदाता रहेको जिल्लामा क्षेत्र नं. १ मा १३ दल र १० स्वतन्त्र गरी २३ जना तथा क्षेत्र नं. २ मा १६ दल र ८ स्वतन्त्र गरी २४ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

मतदान स्थल र केन्द्र तयारी

जिल्लाभर १ सय १४ मतदान स्थल र ३ सय १० मतदान केन्द्रमा मतदान हुनेछ। त्यस्तै १ अस्थायी मतदान केन्द्रसमेत तोकिएको छ। निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृत तथा कर्मचारीहरू मतदान स्थलमा पुगेर निर्वाचन पुर्व गर्नुपर्ने कामहरु सुचना प्रकाशन,सर्वदलिय बैठक र थप तयारीमा जुटेका छन् ।

यसपटक सुरक्षा व्यवस्थामा विशेष कडाइ गरिएको छ। संवेदनशील मतदान स्थलहरूमा सिसिटिभी क्यामेरा जडान गरिएकाले विगतका निर्वाचनभन्दा शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न हुने अपेक्षा गरिएको छ।

जनसंख्या संरचना र उम्मेद्वारी अवस्था

क्षेत्र नं. १ मा ७३.९१ प्रतिशत खस आर्य र २६.०९ प्रतिशत आदिवासी जनजाति मतदाता रहेका छन्। क्षेत्र नं. २ मा ४५.८३ प्रतिशत खस आर्य, ४५.८३ प्रतिशत आदिवासी जनजाति र ८.३३ प्रतिशत दलित मतदाता छन्।

मतदाता संख्याअनुसार क्षेत्र नं. १ मा ७१ हजार २ सय ९८ पुरुष र ६५ हजार ३ सय ८८ महिला मतदाता रहेका छन्। क्षेत्र नं. २ मा ६९ हजार ७ सय २१ पुरुष र ६८ हजार ८ सय ७१ महिला मतदाता छन्।

तर उम्मेद्वारीमा महिलाको उपस्थिति अत्यन्त न्यून देखिएको छ। क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी की आशिका तामाङ र क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टी की प्रिया भट्ट मात्र प्रत्यक्षतर्फका महिला उम्मेद्वार छन्। निर्वाचन अधिकृतहरूमा समेत महिलाको सहभागिता न्यून देखिएको छ।

उत्साह मध्यम, खर्चको चिन्ता

यसपटक धादिङका मतदातामा विगतजस्तो व्यापक उत्साह देखिएको छैन। राजधानी नजिकको जिल्ला भएकाले धेरै मतदाता अझै गाउँ नआएको अनुमान गरिएको छ। यद्यपि निर्वाचन नजिकिँदै जाँदा मतदाताहरू फाट्फुट रूपमा गाउँ फर्किन थालेका छन्।

विशेषगरी रुवीभ्यालीजस्ता दुर्गम क्षेत्रका मतदाताले मतदान गर्न पुग्न प्रतिव्यक्ति करिब ४ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको स्थानीयहरू बताउँछन्। उच्च शिक्षा र रोजगारीका लागि जिल्लाबाहिर रहेका मतदाताको सहभागिता कम भए मत खस्ने दरमा प्रभाव पर्न सक्ने देखिन्छ।

मतदाता शिक्षा र बदरमत नियन्त्रण

स्थानीय सरकारको समन्वयमा ‘एक वडामा एक मतदाता स्वयंसेवक’ परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। यसका कारण यसपटक बदरमत कम हुने अनुमान गरिएको छ।

जिल्लावासीले आगामी निर्वाचनहरूलाई अझ कम खर्चिलो र सहज बनाउने विधि अवलम्बन गर्नुपर्ने धारणा राखिरहेका छन्। अब सबैको ध्यान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित मतदानतर्फ केन्द्रित भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु शिक्षा

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

१९ घण्टा अघि
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल राजनीति

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

१९ घण्टा अघि
एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै खेलकुद

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ दिन अघि
सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान मुख्य समाचार

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान

१ दिन अघि
पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल मुख्य समाचार

पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल

१ दिन अघि
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती मुख्य समाचार

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

१ दिन अघि
धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ अपराध

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

१ दिन अघि
रुविभ्याली पदमार्ग खुला मनोरन्जन

रुविभ्याली पदमार्ग खुला

२ दिन अघि
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु मुख्य समाचार

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

२ दिन अघि
Post Thumbnail मुख्य समाचार

बागमतीका अर्थमन्त्री सरल सहयात्री धादिङ आउँदै

२ दिन अघि
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने मुख्य समाचार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

३ दिन अघि
बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु मुख्य समाचार

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

३ दिन अघि
समाचार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0