बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङबेसी । नेपाली कम्युनिष्ट पार्टी निकट धादिङ–पोखरा जनसम्पर्क मञ्च, कास्कीको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण तथा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार परिचयात्मक कार्यक्रम पोखरामा उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले पोखरालाई कार्यक्षेत्र बनाई धादिङबाट आई बसोबास गर्दै आएका युवाहरूसँग भलाकुसारी तथा अन्तरक्रिया गर्नुभएको थियो। उहाँले युवाशक्तिलाई परिवर्तनको मुख्य संवाहकको रूपमा चित्रण गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आसन्न निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो।
“युवा जागे देश जाग्छ,” भन्दै उहाँले धादिङ र पोखराको सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नभई सामाजिक, सांस्कृतिक र भावनात्मक रूपमा गहिरो रहेको उल्लेख गर्नुभयो। पोखरामा बसोबास गर्ने धादिङेली समुदायको एकता र सक्रियताले धादिङ–२ मा चुनावी परिणाम सकारात्मक हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै नेकपाका धादिङ क्षेत्र नं. २ का निर्वाचन परिचालन समितिका संयोजक जगत सिंम्खडाले संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन, मतदाता भेटघाट तथा निर्वाचन रणनीतिबारे प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पोखरामा रहेका धादिङेली युवाहरूको उल्लेखनीय सहभागिताले अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।
कार्यक्रममा कास्कीमा क्रियाशील पार्टीका नेता–कार्यकर्ता, युवा प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले उक्त कार्यक्रमले धादिङ क्षेत्र नम्बर २ मा पार्टीको अभियानलाई थप सशक्त र गतिशील बनाउने विश्वास व्यक्त गरेका छन्।
कार्याक्रममा समानुपातिक उमेदवार इन्दिरा ढुङ्गाना, पार्टीका केन्द्रिय सदस्य बिजय बुर्लाकोटी,मनराज भण्डारी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |