धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ, कात्तिक २१ गते ।
नीलकण्ठ नगरपालिका–८ रामकोटस्थित मण्डलीदेवी मन्दिरमा लाग्ने पञ्चमी मेला यो वर्ष थप व्यवस्थित गरिने भएको छ । मेला र पूजापाठको तयारी तिव्र गतिमा भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर मगरले जानकारी दिनुभयो ।
उनका अनुसार आईतबार बेलुका चौथीका दिन सुरु हुने मेलामा फूलको डोलीसहित रातभर जाग्राम बस्ने, सांस्कृतिक कार्यक्रम र रमाइलो गर्ने परम्परा रहँदै आएको छ । त्यसपछिल्लो दिन पञ्चमीमा पूजापाठ गरी मण्डलीदेवी र मण्डलेश्वर महादेवको आराधना गरिन्छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ भक्तजनहरू मेलामा सहभागी हुने गर्छन् ।
परम्परागत रूपमा देवीको पूजा मगर समुदायका १२ वर्षभन्दा कम उमेरका अविवाहित बालकहरूले गर्ने चलन छ भने मण्डलेश्वर महादेवको पूजा ब्राह्मण समुदायले गर्ने परम्परा रहेको छ । डाँडामाथि अवस्थित मन्दिर परिसरबाट रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ ठूलो संख्यामा भक्तजनहरूको भीड लाग्ने गर्छ ।
अध्यक्ष मगरका अनुसार रामकोटमा दुई मण्डलीदेवी — जेठी र माइली — रहेको जनविश्वास छ, भने कान्छी मण्डलीदेवी ढोला मण्डलीमा बसोबास गरेको किम्वदन्ती पनि छ । रातभर जाग्राम बसेर सोमबार चौथीका दिन पूजापाठ र पञ्चमीका दिन बलि चढाउने परम्परा छ ।
ऐतिहासिक र धार्मिक महत्वसहित पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षणमा स्थानीय तह सक्रिय रहेको छ । रामकोट दरबारको ऐतिहासिक पहिचानका कारण पनि पछिल्ला वर्षहरूमा यो स्थान चर्चामा छ ।
ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र व्यवस्थापनमा वडाले थप पहल गरिरहेकोे नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |