कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङ, कात्तिक २१ गते ।
नीलकण्ठ नगरपालिका–८ रामकोटस्थित मण्डलीदेवी मन्दिरमा लाग्ने पञ्चमी मेला यो वर्ष थप व्यवस्थित गरिने भएको छ । मेला र पूजापाठको तयारी तिव्र गतिमा भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर मगरले जानकारी दिनुभयो ।
उनका अनुसार आईतबार बेलुका चौथीका दिन सुरु हुने मेलामा फूलको डोलीसहित रातभर जाग्राम बस्ने, सांस्कृतिक कार्यक्रम र रमाइलो गर्ने परम्परा रहँदै आएको छ । त्यसपछिल्लो दिन पञ्चमीमा पूजापाठ गरी मण्डलीदेवी र मण्डलेश्वर महादेवको आराधना गरिन्छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ भक्तजनहरू मेलामा सहभागी हुने गर्छन् ।
परम्परागत रूपमा देवीको पूजा मगर समुदायका १२ वर्षभन्दा कम उमेरका अविवाहित बालकहरूले गर्ने चलन छ भने मण्डलेश्वर महादेवको पूजा ब्राह्मण समुदायले गर्ने परम्परा रहेको छ । डाँडामाथि अवस्थित मन्दिर परिसरबाट रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ ठूलो संख्यामा भक्तजनहरूको भीड लाग्ने गर्छ ।
अध्यक्ष मगरका अनुसार रामकोटमा दुई मण्डलीदेवी — जेठी र माइली — रहेको जनविश्वास छ, भने कान्छी मण्डलीदेवी ढोला मण्डलीमा बसोबास गरेको किम्वदन्ती पनि छ । रातभर जाग्राम बसेर सोमबार चौथीका दिन पूजापाठ र पञ्चमीका दिन बलि चढाउने परम्परा छ ।
ऐतिहासिक र धार्मिक महत्वसहित पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षणमा स्थानीय तह सक्रिय रहेको छ । रामकोट दरबारको ऐतिहासिक पहिचानका कारण पनि पछिल्ला वर्षहरूमा यो स्थान चर्चामा छ ।
ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र व्यवस्थापनमा वडाले थप पहल गरिरहेकोे नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।






स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।