Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

अपाङ्गता भएका सल्यानटारका आठ जनालाई विद्युतीय ह्विलचियर वितरण

नीलकण्ठ एफ.एम ५०६५ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १३, बिहिबार (८ महिना अघि)
अपाङ्गता भएका सल्यानटारका आठ जनालाई विद्युतीय ह्विलचियर वितरण

धादिङ, कात्तिक १३ गते ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारका आठ जना अपाङ्गता भएका व्यक्तिहरूलाई विद्युतीय ह्विलचियर वितरण गरिएको छ। धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टक बहादुर रुवालीको समन्वयमा उक्त सहयोग प्रदान गरिएको हो।

पूर्ण अपाङ्गता भएका र घरमै बस्न बाध्य नागरिकहरूलाई सहज गतिशीलता उपलब्ध गराउने उद्देश्यले ह्विलचियर वितरण गरिएको धादिङ नेपाली समाज अमेरिका अध्यक्ष रुवालीले जानकारी दिनुभयो। उहाँका अनुसार, विदेशमा रहेका नेपाली समुदायले संकलन गरेको सहयोग रकममार्फत आधुनिक रिचार्जेबल ह्विलचियर उपलब्ध गराइएको हो ।

विद्युतीय ह्विलचियर एकपटक चार्ज गरेपछि १५ किलोमिटरसम्म सञ्चालन गर्न सकिने र प्रयोगकर्ताले बिना सहायताका स्वतन्त्र रूपमा चलाउन सक्ने बताइएको छ।

सहयोग पाउनेमध्ये लुरे विक, अम्बिका रिजाल, अन्जन श्रेष्ठ, कुन्जेमाईला दरै, टिकानिधि बसौला, कुम्भ कुमारी गिरी, र अमृता कुमाल रहनुभएको छ। यसअघि रामबहादुर पाण्डेलाई पनि सोही कार्यक्रमअन्तर्गत ह्विलचियर वितरण गरिएको थियो।

ह्विलचियर प्राप्त गर्नुभएको अमृता कुमालले सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो दैनिक जीवन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब म सहज रूपमा वरपरका छरछिमेक र आफन्तकहाँ जान सक्ने भएकी छु।”

गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सहयोगी दाताहरू तथा धादिङ नेपाली समाज अमेरिकाप्रति आभार व्यक्त गर्नुभयो । यस्ता सहयोगले अपाङ्गता भएका नागरिकहरूको आत्मविश्वास र जीवनस्तर उकास्न ठूलो योगदान पुग्ने बताउनुभयो। “गाउँपालिकाले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै नागरिकको विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर काम गरिरहेको छ,” अध्यक्ष उप्रेतीले बताउनुभयो।

यसअघि पनि रुवालीको पहलमा न्यानो कपडा वितरण, क्यान्सर पीडितलाई आर्थिक सहयोग र विपन्न बालबालिकालाई शैक्षिक सहयोगजस्ता विभिन्न सामाजिक कार्यहरू सञ्चालन हुँदै आएका छन् ।

व्यक्तिगत स्तरबाट आठ वटा आधुनिक विद्युतीय ह्विलचियर वितरण धादिङमा पहिलोपटक गरिएको हो। समाजसेवी तथा धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष रुवालीले पठाउनु भएको शुभकामना कार्यक्रम संचालक,पत्रकार तथा अन्तराष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापाले वाचन गर्नुभएको थियो ।

यसैगरी अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष तथा युवा समाजसेवी राजन खकुरालले शुभकामना शन्देश पठाउदै आगामी दिनमा पनि परदेशमा बस्ने धादिङ्गेलीहरु मिलेर सामाजिक काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

उहाँले प्राप्त भएको ह्विल चियरको सहि प्रयोग गरेर जीवनलाई गतिशिलत प्रदान गर्ने भन्दै सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्नुभएको छ। यस अभियानले अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर र सामाजिक रूपमा सक्रिय बनाउन टेवा पुग्ने विश्वास लिइएको छ।

वितरण कार्यक्रमको प्रायोजकको रुपमा त्रिपुरासुन्दरी गाउँपालिका, अन्तराष्ट्रिय धादिङ समाजका उपाध्यक्ष तथाथ समाजसेव बद्री खतिवडा,गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका निर्वतमान महासचिव रामहरी अधिकारी, धादिङ नेपाली समाज अमेरिकाका सह कोषाध्यक्ष हरि गिरी रहनुभएको छ।

गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको अध्यक्षतामा सम्पन्न भएको वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका पुर्व उपाध्यक्ष देवी बुर्लाकोटी(पाण्डे),समाजसेवी हरि पन्त, धादिङ नेपाली समाज अमेरिकाका सदस्य बुद्धिमान बज्राचार्य,समाजसेवी ज्ञानु रुवाली, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, गोरखापत्र दैनीकका पत्रकार अस्मिता पोखरेल, नीलकण्ठ एफएमका प्राविधिक प्रमुख विनोद तमु, गणेश हिमाल प्रेसका पत्रकार विनु सिंखडा, नेपाल दृश्यका पत्रकार दिलिप श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0