नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, २४ असार । रसुवाको उत्तरी भेग उपल्लो क्षेत्रमै बढी बर्सात भएका कारण त्रिशुली नदीमा पानीको बहाव उच्च बनेको छ । यस वर्षाले नदी आसपासका सडक, पुल लगायतका संरचनामा समेत क्षति पु¥याएको सूचना प्राप्त भएको छ । भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
वर्षा निरन्तर जारी रहेका कारण त्रिशुली नदीको जलस्तर अझ बढ्न सक्ने अनुमान गरिएको छ । यस सन्दर्भमा धादिङ जिल्ला क्षेत्रको त्रिशुली नदी किनारका दुवै तर्फका बासिन्दाहरूलाई आवश्यक सतर्कता र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङ तथा सम्बन्धित निकायहरूले अनुरोध गरेका छन् ।
संभावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई सजग रहन र आवश्यक परेमा सुरक्षित स्थानतर्फ सर्न पनि आग्रह गरिएको छ । त्यस्तै, विपद् सम्बन्धी कुनै पनि आपत्कालीन जानकारी वा सहायता आवश्यक परेमा तत्काल नजिकको सुरक्षा निकाय वा प्रहरीको टोल फ्री नम्बर १०० वा १०१४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
स्थानीय तह, सुरक्षा निकाय र विपद् व्यवस्थापन समिति घटनाको अनुगमनमा सक्रिय रहेका छन् । नागरिकहरूलाई अफवाहमा नपरी, आधिकारिक स्रोतबाट प्राप्त सूचनाको आधारमा मात्र निर्णय लिन समेत आग्रह गरिएको छ ।
नुवाकोट जिल्लाको त्रिशुली नदीस्थित बेत्रावती जलमापन केन्द्रमा विहान ६:३० बजे लिएको मापन अनुसार जलसतहले सतर्कता तह पार गरेको जानकारी प्राप्त भएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |