धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
धादिङ, १५ जेठ ।
१८औँ गणतन्त्र दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम पुछारबजारबाट सुरु भई बजार परिक्रमा गर्दै सिटीहलमा समापन भएको हो।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। बाजागाजासहितको प्रभातफेरीले धादिङबेसीको वातावरण उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रमपछि सिटीहलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व सांसद खेम लोहनी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, नेपाली काँग्रेसका जिल्ला सदस्य देवी कोइराला, नेकपा (एमाले) का जिल्ला सचिव राधिका सापकोटा, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष मनराज भण्डारी, नेकपा (एस) का जिल्ला सदस्य शिवनिधि खनाल, गैसस महासंघका कार्यवहाक अध्यक्ष अधिवक्ता तोलाकुमारी पाठकलगायत वक्ताहरूले शुभकामना व्यक्त गर्दै गणतन्त्रको उपलब्धिबारे धारणा राख्नुभएको थियो।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |