नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,०७ जेठ
काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–पिपलामोड सडक निर्माणको कार्यका लागि आगामी जेठ १० गतेदेखि २५ गतेसम्म, प्रत्येक दिन बिहान १०ः३० बजे देखि दिउँसो ३ः०० बजे सम्म सडक बन्द गरिने जनाइएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार, निर्माण आयोजनाले प्राविधिक कारणले काम दिनको समयमा गर्नुपर्ने बताएपछि काठमाडौं र धादिङ प्रशासनको समन्वयमा सडक बन्द गरेर निर्माण गर्न लागिएको हो । यसअघि रातिको समयमा काम हुँदै आएको थियो।
नारायणगढ–मुग्लिन सडक योजनाले सूचना जारी गर्दै, निर्माणका समयमा काठमाडौंबाट छुट्ने सवारी साधनहरू नागढुङ्गामा र नौबिसेबाट काठमाडौं आउने सवारीहरू खानीखोलामा रोक्ने व्यवस्था गरिएको जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्माण कार्य चल्ने समयमा यात्रुहरूलाई धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली गल्छी मार्गहरू वैकल्पिक रूपमा प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |