धादिङ, जेठ ०५ गते ।
बेनिघाट रोराङ गाउँपालिकामा पोषण प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ७ स्थित पोषण सुधार केन्द्रमा पोषण सप्ताहको अवसरमा पोषण प्रवर्धन कार्यक्रम गरिएको हो ।
बालबालिकाको पोषण स्तर अभिवृद्धि गर्नुका साथै समुदायमा पोषण सम्बन्धी सचेतना जगाउने उद्धेश्यले “बृद्धि अनुगमन प्रोत्साहन कार्यक्रम“ संचालन गरिएको हो ।
जनस्वास्थ्य कार्यालय धादिङले निर्धारण गरेको १६ वटा पोषण मापदण्डहरू पूरा गरेका ५ जना बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख रमेश राज अर्यालले बताउनुभयो । सामग्री प्राप्त गर्ने बालबालिकाहरु प्ररिक चेपाङ, अप्सना चेपाङ, दिप्सन चेपाङ, उसिका श्रेष्ठ र अनिस चेपाङ रहेका छन् ।
बालबालिकालाई पोषण सामाग्रीको रूपमा १ माना घ्यू, १ क्रेट अण्डा रहेका छन् भने सरसफाइ सामाग्रीमा ब्रस १ थान, मञ्जन १ थान, साबुन २ थान, काइयो १ थान, नेलकटर १ थान र तौलिया १ थान वितरण गरिएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा तथा बेनिघाट रोराङ गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश राज अर्याल, जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुली, पोषण सुधार केन्द्र प्रमुख टिका कुमारी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |