नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१ जेठ
धादिङबाट पोखरा जादै गरेको इलेक्ट्रिक माइक्रोबस दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । धादिङबेसीबाट पोखरा जादै गरेको ग१ज ८६३० नम्बरको ईभी माईक्रोबस बुधबार पृथ्वी राजमार्ग सडक खण्डको लामेआहालमा दिउँसो साढे ३ बजे दुर्घटनामा परेको थियो । मृत्यु हुने सबै धादिङ स्थायी ठेगाना भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा गंगाजमुना फुलखर्क स्थायी घर भएकी हेम्जा निवासी ५१ वर्षीया झाङमाया गुरुङ, नीलकन्ठ नगरपालिका वडा नं. २ का १५ वर्षीय अगम गुरुङ र ज्वालामुखी वडा नं ५ की ४५ वर्षीया तिल कुमारी आचार्य रहेको प्रहरीले जनाएको छ ।
ग१ज ८६३० नम्बरको उक्त बसमा सवार ११ जनामध्ये अन्य ८ जना घाइते छन् । घाइते हुनेहरूमा हाइस चालक पोखरा महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ७ जनालाई पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । एक जनालाई सिटीस्क्यानका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |