तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१८ चैत
गणतन्त्रको रक्षा, विकास र अराजक गलत प्रबृती विरुद्ध नेकपा एमाले धादिङले जागरण सभा सम्पन्न गरेको छ। गल्छीको महेशदोभानमा आयोजित जनसभालाई नेकपा एमाले केन्द्रिय सचिव एवं पुर्व भुमि सुधार मन्त्री पद्मा अर्याल,केन्द्रिय सदस्य एवं धादिङ ईन्चार्ज खेम प्रसाद लोहनी,जिल्ला अध्यक्ष भुमी प्रसाद त्रिपाठीले सम्बोधन गर्नुभएको थियो ।

जागरण सभालाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी अर्यालले राजावादीले चैत्र १५ गते गरेको आन्दोलन अराजक र हिंसात्मक भएको भन्दै घट्नाको घोर भत्र्सना गर्नुभएको छ ।पुनःराजा ल्याउने कुरा लोकतान्त्रीक गणतन्त्रमा असम्भव भएको भन्दै उहाँले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी गर्नुभयो । राजाको पालमा भन्दा लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थापामा धेरै विकास भएको भन्दै उहाँले पश्चगमन तिर फर्कन नहुने बताउनुभयो ।

गणतन्त्र पश्चात गाउँमा बाटो,खानेपानी,विद्यालय,स्वास्थ्य चौकी लगायतको विकास भएको भन्दै उहाँले राजाको पालामा सिटामोल खान नपाएर नेपाली जनताले मृत्युवरण गर्नुपरेको तथ्य लुकाएर नलुक्ने बताउनुभयो । जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्विकार गर्दै लोकन्तत्रको विकल्पमा राजतन्त्र हुनै नसक्ने बताउनुभयो ।यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै केन्द्रिय सदस्य खेम प्रसाद लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व राजाको पछाडी सति जान खोजेको आरोप लगाउनुभयो ।

राजा चाहियो भनेर चैत १५ गते भएको आन्दोलनको जिम्मा पुर्व राजा ज्ञानेन्द्रले लिनुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष भुमी प्रसाद त्रिपाठीले अँध्यारो मन पराउने तत्वहरुले देशमा भ्रमको खेती गरेर राजा चाहिया भनेको बताउनुभयो ईतिहास कहिल्यै नर्फकने भन्दै उहाँले राजा ल्याउछु भन्नु अध्यारो मन पराउनेहरु रहेको बताउनुभयो । यहि चैत १५ गतेको आन्दोलनबाट राजाको शासन कस्तो हुन्छ भन्ने झल्को देखिएको बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |