नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ, ०४ माघ ।
बागमती साहित्यिक महोत्सव–२०८१ फागुन १६ र १७ गते धादिङबेशीमा हुने भएको छ । शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेशीमा आयोजना गर्ने निर्णय गरेको हो।
स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन दिन तथा क्षेत्रीय साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आचार्यले बताउनुभयो ।
बैठकले महोत्सवलाई सफल र भव्य रूपमा सञ्चालन गर्नका लागि मुल संयोजन समिति गठन गरेको छ । समितिको प्रमुख संयोजक विष्णु प्रसाद आचार्य रहनुभएको छ भने समितिका सदस्यहरूमा प्रकाश पौडेल, गायत्री खतिवडा, सिताराम अधिकारी, डा. नविन बन्धु पहाडी, देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठलाई समावेश गरिएको छ।
बागमती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायका बीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवद्र्धन गर्ने र युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको भनाइ छ ।
साहित्य र संस्कृतिको क्षेत्रलाई थप समृद्ध बनाउनका लागि यस महोत्सवले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको कर्मचारी मिलन केन्द्रले जनाएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |