निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
प्रथम पटक प्रकाशन मितिः२०८०।१०।०९
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एक्सन नेपालको सहजीकरणमा संचालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत तरकारी मुल्य श्रृंखला कार्यक्रम संचालनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरु बाट यो सुचना प्रकाशन भएको मितिले ५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१. आवश्कता सम्वन्धी विवरण :
क) पद : व्यवसाय विकास अधिकृत
पद संख्या : १ जना
न्युनतम योग्यता र कार्यानुभव :
कृषि अर्थशास्त्र बिषयमा स्नातक वा सो सरह उतिर्ण गरी कम्तीमा ३ वर्ष सामुदायिक विकास र तरकारीको मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको ।
परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।
कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
स्थानीय सरकार र अन्य सरोकारवाला संग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।
मुख्य जिम्मेबारी :
परियोजनामा योजना गरेका कृयाकलापहरुको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने ।
सहकारी तथ प्रशोधन केन्द्रको व्यवसायको अबसर, सम्भावना तथा चुनौतिहरु प्हिचान गरि व्यवसाय विस्तार गर्न सहजिकरण गर्ने ।
परियोना क्षेत्रका कृषकहरु र उत्पादनको म्यापिङ्ग तथा तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मुल्याङ्कन गरि प्रशोधन केन्द्र तथा बजार संग सम्बन्ध स्थापित गर्ने ।
सहकारी तथा प्रशोधन केन्द्रको व्यवस्थापन, संचालन तथा आवश्यक सुधारका लागि सहजिकरण गर्ने ।
फिल्ड स्तरिय बैठक, तालिम तथा कार्यशाला गोष्ठी संचालन तथा सहजीकरण गर्ने ।
परियोजना का कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै परियोजना कार्यक्षेत्रका किसानहरुलाई प्राविधिक सेवाप्रदान गर्ने ।
परियोजना कार्यक्षेत्रका तथ्याङ्क संकलन तथा अध्यावधिक गरि संस्था तथा सरोवारबाला निकायमा पेश गर्ने ।
मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्थातथा सरोकारवाला निकायमा पेश गर्ने
सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसायबिस्तारका लागि मूल्य श्रृख्लाकापात्रहरु संग सम्पर्क तथा समन्वयगरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने ।
सहकारी तथा प्रशोधन केन्द्रद्धारा उत्पादित उत्पादनहरुको ब्रान्डिङ्ग तथा बजारीकरणमा सहजिकरण गर्ने ।
तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिनतथा रणनैतिक योजनातयार गरि कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
परियोजना संचालन तथा कार्यन्वयनका लागि सरकोकारबाला निकायहरु संग सम्पर्क तथ समन्वय गर्ने
परियोजनाकाअसलअभ्यास, सफलताकाकथा, सिकाई तथा चुनौतिहरुको अभिलेखिकरण तथा दस्तावेजिकरण गर्ने ।
ख) पद : कृषि प्राविधिक
पद संख्या : १ जना
न्युनतम योग्यता र कार्यानुभवः
कृषि विषयमा JTA उतिर्ण गरी कम्तीमा ३ वर्ष वा JTA वा सो सरह उतिर्ण गरी कम्तीमा ५ वर्ष सामुदायिक विकास र तरकारीको मुल्यश्रृंखलामा काम गरेको अनुभवभएको।
परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
सानाकिसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागितार सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
उद्यमीहरुको व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
मोटरसाईकल लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने ।
मुख्य जिम्मेबारी :
फिल्ड स्तरिय समुह बैठक, कृषक व्यवसाय पाठशाला, तालिम तथा कार्यशाला गोष्ठी संचालन तथा सहजीकरण गर्ने ।
परियोजना कार्यक्षेत्रका किसानहरुलाई प्राविधिक सेवा प्रदान गर्ने ।
कृषकहरुको गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रविधी, वित्तिय सेवामा पहुंच वृद्धिका लागि सहकारी र निजी क्षेत्रको व्यवसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने ।
मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
सहकारीको व्यवसाय बिस्तारका लागि मूल्यश्रृंखलाका पात्रहरु संग सम्पर्क तथा समन्वय गरी बैठकहरु संचालन गर्ने ।
परियोजना संचालन तथा कार्यन्वयनका लागि सरकोकारबाला निकायहरु संग सम्पर्क तथा समन्वय गर्ने ।
कृषक समुह र सहकारीको परिचालन तथा क्षमताअभिवृद्धि गर्ने।
समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरु तयार गरि दस्तावेजिकरण गर्ने ।
ग) पद : लेखापाल
पद संख्या :. १ जना
न्युनतम योग्यता र कार्यानुभवः
Account/Finance विषयमा Masters उतिर्ण गरी कम्तीमा २ वर्ष वा Bachelor वा सो सरह उतिर्ण गरी कम्तीमा ५ वर्ष NGO/INGO, Community Based Organization काम गरेको अनुभव भएको ।
कम्प्युटर (micro-soft excel, word, power point, internet, accounting software) सम्वन्धी दक्षता भएको ।
मुख्य जिम्मेबारी :
एक्सन नेपालको आर्थिक बिनियमावलि अनुरुप् आर्थिक् कारोबारको अभिलेख राख्ने ।
अभिलिखित आर्थिक कारोबारहरुको माशिक प्रतिबेदन तयार पार्ने ।
देशको कर नियमावलिमा आधारित भै आवस्यक कर कट्टि गरि उल्लेखित् समय अबधिमा कर दाखिला गर्ने ।
परियोजनाको कार्यक्रम सन्चालन तथा ब्यबस्थापन गर्नका लागि सहयोग गर्ने ।
समाग्री खरिद प्रकृयामा सहयोग गर्ने ।
परियोजना बाट खरिद गरिएका सम्पति तथा उपकरणहरुको उचित रेकड् राख्ने ।
२. सेवा सुविधा : संस्थाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तीम मिति : २०८०।१०।१४ कार्यालय समय भित्र ।
४. परिक्षको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
५. आवश्यककागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी [email protected] वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट : प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
पदपुर्ति समिति
एक्सन नेपाल
निलकण्ठ नगरपालिका–३,सुगमटोल, धादिङ्ग

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |