Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

बिनोद तमु(बल्लु) ३६९३ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २१, बिहिबार (१ महिना अघि)
साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह

धादिङ, साउन १ :

वर्षायाम सुरु भएसँगै धादिङका विभिन्न स्थानमा डेंगु सङ्क्रमणका शंकास्पद बिरामी देखिन थालेपछि जनस्वास्थ्य कार्यालय धादिङले साउन महिनाभर डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न सबै स्थानीय तह, संघसंस्था र नागरिकलाई आग्रह गरेको छ । जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरीक्षक तोयणनाथ छत्कुलीका अनुसार सङ्घीय सरकारको निर्देशनअनुसार साउन महिनालाई ‘डेंगु महिना’ का रूपमा मनाउँदै समुदायस्तरमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन भइरहेको हो । कार्यालय परिसरमा प्रत्येक शुक्रबार बिहान ९ बजे सरसफाइ अभियान सञ्चालन गर्ने तथा स्थानीय तहहरूलाई पनि नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्न जानकारी गराइसकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा धादिङमा डेंगुको व्यापक प्रकोप देखिएको थियो । त्यसयता सङ्क्रमण घट्दै गए पनि गत वर्ष जिल्लामा ४२४ जना डेंगु सङ्क्रमित पुष्टि भएका थिए । डेंगु लागेका व्यक्तिमध्ये करिब १० देखि १५ प्रतिशतमा मात्रै स्पष्ट लक्षण देखिने भएकाले पुष्टि भएका बिरामीभन्दा वास्तविक सङ्क्रमितको संख्या धेरै हुन सक्ने उहाँको भनाइ छ । लक्षण नदेखिएका व्यक्तिबाट समेत लामखुट्टेले रोग सार्न सक्ने भएकाले समुदायमा संक्रमण छिटो फैलिन सक्ने जोखिम रहने उहाँले बताउनुभयो ।

छत्कुलीका अनुसार डेंगु Aedes aegypti प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । एउटा पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा सयौँ अण्डा पार्ने र पानी जमेका स्थानमा तीव्र रूपमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय बासस्थान नष्ट गर्नु नै भएको बताउनुभयो । फूलका गमला, खुला पानी ट्याङ्की, पुराना टायर, प्लास्टिकका भाँडा, बोतल, कवाडी सामग्री, ड्रम तथा लामो समयसम्म पानी जम्ने अन्य स्थानहरू लामखुट्टे प्रजननका प्रमुख आधार बन्ने भएकाले यस्ता स्थानमा पानी जम्न नदिन समेत  उहाँले आग्रह गर्नुभएको छ ।

ठूला तथा प्रयोगविहीन पानी ट्याङ्कीमा आवश्यक सावधानी अपनाउँदै डिजेल वा मट्टितेलको पातलो तह प्रयोग गरी लार्भा नष्ट गर्न सकिने जानकारी दिँदै उहाँले घर, कार्यालय तथा सार्वजनिक स्थलको नियमित सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। साथै पूरा बाहुलाको कपडा लगाउने, झुलको प्रयोग गर्ने तथा लामखुट्टे भगाउने मलम वा रिपेलेन्ट प्रयोग गर्न पनि सुझाव दिनुभएको छ ।

डेंगु नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्रै जिम्मेवारी नभई समुदाय, जनप्रतिनिधि, स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने जनस्वास्थ्य निरीक्षक छत्कुलीले बताउनुभयो । उहाँका अनुसार साउन महिनाभर सञ्चालन हुने ‘खोज र नष्ट गर’ अभियानमा सबै नागरिकको सक्रिय सहभागिता डेंगु नियन्त्रणका लागि अत्यन्त आवश्यक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

  • योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

  • समाचार
    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0