नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङबेशी । धादिङमा आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्थाद्वारा सञ्चालित सोलुसन एग्रो लाइभ कम्पनी प्रा.ली को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नीलकण्ठ नगर पालिकाको नगरप्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि नगर प्रमुख ढुङ्गानाले अहिलेको वर्तमान समाज को परिस्थितिले युवापुस्तालाई देशमा बसेर केहि हुदैन भन्ने किसिमको मनस्थिति पू¥याएको र यसै कारणले देशमा जनशक्तिको कमि भएको बताउनु भएको छ । उहाँले संस्थावाट स्वस्थ र अर्गानिक तरकारी वस्तु उत्पादन गर्न सके बजार बजार व्यवस्थापन गर्न सहज हुने र आफुले पनि त्यस कार्यमा सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रमकै अवसरमा ओ.जे.टि का लागि चितवन भरतपूर स्थित कान्तिपुर बहुमुखी क्याम्पसमा देखि आएका विद्यार्थीलाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रमको अवसरमा सोलुसन एग्रो लाईभ कम्पनीका व्यवस्थापक विष्णु कुमार श्रेष्ठ द्वारा वार्षिक प्रगति प्रतिवेदन र रेशम कुमार श्रेष्ठद्वारा वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रमकै अवसर पारेर कम्पनिमा लगानी गर्ने सम्पूर्ण सेयर सदस्य हरुलाई लगानीको १० प्रतिशत लाभांस वितरण गरिएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिमप्रसाद ढुङ्गाना, निलकण्ठ नगरपालिका वडा नंम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पूर्व वडा अध्यक्ष गुण बहादुर थपलिया, संस्थाको अध्यक्ष जितनारायण श्रेष्ठ, निलकण्ठ नगरपालिकाको श्रोत व्यक्ति मेघनाथ कोइराला लगायत अन्य संघ संस्थाका प्रतिनिधि उपस्थिति रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |