नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङबेशी । धादिङमा आँकुरा कृषि तथा पशुपन्छी सहकारी संस्थाद्वारा सञ्चालित सोलुसन एग्रो लाइभ कम्पनी प्रा.ली को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नीलकण्ठ नगर पालिकाको नगरप्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि नगर प्रमुख ढुङ्गानाले अहिलेको वर्तमान समाज को परिस्थितिले युवापुस्तालाई देशमा बसेर केहि हुदैन भन्ने किसिमको मनस्थिति पू¥याएको र यसै कारणले देशमा जनशक्तिको कमि भएको बताउनु भएको छ । उहाँले संस्थावाट स्वस्थ र अर्गानिक तरकारी वस्तु उत्पादन गर्न सके बजार बजार व्यवस्थापन गर्न सहज हुने र आफुले पनि त्यस कार्यमा सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रमकै अवसरमा ओ.जे.टि का लागि चितवन भरतपूर स्थित कान्तिपुर बहुमुखी क्याम्पसमा देखि आएका विद्यार्थीलाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रमको अवसरमा सोलुसन एग्रो लाईभ कम्पनीका व्यवस्थापक विष्णु कुमार श्रेष्ठ द्वारा वार्षिक प्रगति प्रतिवेदन र रेशम कुमार श्रेष्ठद्वारा वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रमकै अवसर पारेर कम्पनिमा लगानी गर्ने सम्पूर्ण सेयर सदस्य हरुलाई लगानीको १० प्रतिशत लाभांस वितरण गरिएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिमप्रसाद ढुङ्गाना, निलकण्ठ नगरपालिका वडा नंम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पूर्व वडा अध्यक्ष गुण बहादुर थपलिया, संस्थाको अध्यक्ष जितनारायण श्रेष्ठ, निलकण्ठ नगरपालिकाको श्रोत व्यक्ति मेघनाथ कोइराला लगायत अन्य संघ संस्थाका प्रतिनिधि उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |