धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०७ असोज ।
१७ औँ विश्व रेविज दिवसको अवसरमा सप्ताहव्यापी रेविज रोग विरुद्ध खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङ र नीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सप्ताहव्यापी अभिायन सुरु भएको हो ।
रेविज नियन्त्रण : एक स्वास्थ्य एक गन्तव्य भन्ने मुल नाराका साथ नीलकण्ठ नगरपालिका वडा नं २ वली डाँडामा एक कार्यक्रमका बिच अभयान सुरु गरिएको हो ।
सप्ताहव्यापी अभिायनको आज पहिलो दिन ४३ वटा सामुदायिक कुकुरमा एन्टिरेविज खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सन्दिप सिलवालले बताउनुभयो ।
आजदेखी सुरु भएको अभियान १३ गतेसम्म संचालन हुने हुँदा घर पालुवा÷सामुदायिक कुकुर तथा बिरालोहरुलाई निशुल्क रेविज रोग विरुद्ध खोप लगाइने भएकोले सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङमा आएर खोप लगाउन अनुरोध गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सन्दिप सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरिनरी अस्पतालका कर्मचारी, नीलकण्ठ नगरपालिका पशुसेवा शाखा कार्यालयका पशु सेवा प्राविधिक, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।
सन २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मृत्युको अन्त्य गर्ने लक्ष्य रहेको हुँदा प्रत्यक बर्ष अभियानको रुपमा खोप कार्यक्रम संचालन हुँदै आएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |