नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ । नीलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्व नजिकदै गर्दा उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन कार्यलाई तिव्रता दिएको हो ।
बुधबार धादिङबेशी आसपासका मासु पसलहरुको अनुगमन गरिएको छ । कार्यवहाक मेयर दिपक विश्वकर्माको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, जिल्ला प्रशासन कार्यालय,घरेलु कार्यालय,उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको रोवहरमा बजार अनुगमन गरिएको हो । बजार अनुगमनमा मुल्य सुचि,व्यवसाय दर्ता नविकरण,इजाजत पत्र,नापतौल उपकरणको गुणस्तर,सरसफाई लगाएतका बिषयमा अवलोकन गरि आवश्यकता अनुसार सुझाव र निर्देशन दिइएको छ । बजार अनुगमनको क्रममा आज २३ वटा मासु पसल र १ वटा बधशालाको अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा २०७७ साल देखि व्यवसाय दर्ता नविकरण नगरेको एन्जल फेस हाउसलाई ३ दिन भित्र नविकरण गर्न पहिलो पटकलाई निर्देशन दिएको छ । अनुगमनको क्रममा यस अघि दिएको निर्देशनलाई धैरै पसलहरुले कार्यान्वयन नगरेको देखिएकोले पुन एक पटकलाई मौका दिएको र आगामी दिनमा पनि कार्यन्वयन नभएको पाईएमा कडा कारवाहि गरिने नीलकण्ठ नगरपालिकाका सुचना अधिकारी लोकनाथ उपाध्ययले बताउनु भयो ।
नीलकण्ठ नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनका कार्यलाई अभियानको रुपमा निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनु भयो । उहाँले पहिलो पटकलाई कारबाहि भन्दा सचेतनामा जोड दिएको समेत बताउनु भएको छ ।
त्यसैगरी कार्यवहाक मेयर दिपक विश्वकर्माले स्थानिय सरकारको कामहरु मध्ये बजार अनुगमन कार्य पनि एक महत्वपुर्ण भएकोले उपभोक्ताको हक हितका लागी नीलकण्ठ नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाँले व्यवसायीहरुलाई चुस्त दुरुस्त सहित उपभोगजन्य सामानहरुमा गुणस्तर कायम गरि बिक्रि बितरण गर्न आग्रह समेत गर्नु भएको छ । उहाँले ब्यसायीहरुलाई अनुगमनका क्रममा दिएका सल्लाह सुझावलाई हेलचेक्राईको रुपमा नलिई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।









निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |