नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङबेशी । धादिङबेशीमा भोली देखि नेवार समुदायको प्रमुख चाड लाखे जात्रा सुरु हुने भएको छ । झिंगु नेवाः समाज धादिङको आयोजनामा जनै पुर्णिमाको दिन अथात् भोलिदेखी धादिङबेसीमा लाखे जात्रा हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरि जात्राको तयारीको बिषयमा जानकारी गराईएको थियो ।
नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत धादिङमा भोलि विहान ७ ः ३० बजे बिच बजार चोक स्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिने झिंगु नेवा समाज धादिङको महासचिव राजकुमार श्रेष्ठले बताउनु भयो ।
गाइ जात्राको अवसरमा यस वर्ष मुत्यु भएका १० जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालेर दिउँसो १ बजे मृतक परिवारको घरसम्म लाखे सहित गाइ जात्रा परिक्रमा गरिने झिंगु नेवा समाज धादिङले जनाएको छ ।
त्यसैगरि १५ गते हिले जात्राको अवसरमा क्याम्पस चोकदेखि साघुटारसम्म खेत रोपाइको अभिनय गर्दै लाखे परिक्रमा, २१ गते सुगम टोल स्थित श्री राधाकृष्ण मन्दिरबाट भगवान श्री कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रम गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिनुभयो
असोज १ गते हरितालिका तिजको अवसरमा बिच बजार चोकमा लाखे नाँच नचाईने र असोज २ गते विहान ७ ः३० बजे धादिबेशी बिच बजार चोक स्थित गणेश मन्दिरमा लाखे जात्रा को विधिवत रुपमा समापन गरिने श्रेष्ठले बताउनुभयो।
नेवार समुदायको विषेश जात्राको रुपमा लाखे जात्रा हुनेभएकोले हरेक दिनको जात्रा दिउँसो १ बजे देखि राति ९ बजेसम्म संचालन हुने हुँदा स्थानिय प्रशासन, नगरपालिका तथा सम्पुर्ण धादिङबाशी जनसमुदायलाई सहयोग र सहभागिताको लागि झिंगु नेवा समाज धादिङले अनुरोध गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |