धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०८ भाद्र ।
धादिङका थप ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका ४४ जना, सिद्धलेकका ५ जना, धुनीबेशी, गजुरी, ज्वालामुखीका ३/३ जना, बेनीघाट रोराङका २ जना र खनियाबास गाउँपालिकाका १ जनामा डेंगु पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार हालसम्म जिल्लामा २ हजार २३२ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १ हजार ९०६ जना नीलकण्ठ नगरपालिकाका रहेका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ७० जना, बेनीघाट रोराङ ५५ सिद्धलेकमा ५७, त्रिपुरासुन्दरीमा ३५, गजुरीमा २३, गंगाजमुनामा १९, खनियाबासमा १६, रुवीभ्यालीमा १२, नेत्रावती डबजोङमा १४, गल्छीमा ८ र धुनीबेशी नगरपालिकामा ७ जना रहेका छन् । १० जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्।
यसबाट बच्नको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |