धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार स्थित भासिएको मुल सडकमा बागमती प्रदेशका मुख्यमन्त्रि शालिराम जम्कट्टेलले निरिक्षण निरीक्षण गर्नुभएको छ ।
धादिङबेशीमा भएको एक कार्यक्रम समापन पश्चात स्थानियहरुको अनुरोधमा उक्त क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्रि शालिराम जम्कट्टेलले निरिक्षण गर्नु भएको हो । निरिक्षण संगै उक्त भासिएको सडकको मुख्यमन्त्री जम्कट्टेलले विपद् कोषको बजेटबाट तत्काल मर्मत गरिदिने बताउनु भएको छ । उहँले सडक भासिएर जोखिमपूर्ण अवस्था बनेकाले यस क्षेत्रमा थप क्षति हुन नदिन तत्काल मर्मतका लागि डिपिआर तयार गरेर पठाउन र काम सुरु गर्न प्रादेशिक सडक डिभिजन कार्यालय धादिङलाई स्पोट बाट नै निर्देशन समेत दिनुभएको छ ।
सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले दीर्घकालीन मर्मतको डिपिआर तयार गर्ने र प्रदेश सरकारलाई पठाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । दैनिक आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा उक्त क्षेत्रका स्थानियहरु चिन्तित भएका थिए । मुख्यमन्त्रि जम्कट्टेलले सडक मर्मत कार्य तक्काल सुरु गरिने प्रतिवद्धता जनाएपछि स्थानियहरु खुसी भएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |