कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,०९ बैशाख ।
धादिङबेशीमा रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारीले कैलाश सदस्य सेवा केन्द्रको कार्यालय उद्धघाटन गरेको छ । शुक्रबार गल्छी गाउँपालिका –७ मा श्रोत परिचालन साकोसले उक्त सेवा केन्द्रको उद्धघाटन गरेको हो ।
गुणस्तरीय वित्तिय समाधान सहितको उत्कृष्ट सहकारीको ध्येय तथा दिगो संस्था समृद्ध सदस्यको नाराका साथ संचालित श्रोत परिचालन बचत तथा ऋण सहकारी र कैलाश बचत तथा ऋण सहकारीले सहकारी विभागबाट स्वीकृत पश्चात् कैलाश सदस्य सेवा केन्द्र उद्धघाटन गरेको हो ।
उद्धघाटन कार्यक्रममा बोल्नुहुँदै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले “सहकारी राष्ट्रको मेरुदण्ड भएको, सामाजिक पूंजी निर्माण तथा स्थानीय श्रोत साधनको उपयोगमा सहकारी र पालिकाबिच सहकार्य अपरिहार्य भएको बताउनुभयो । उहाँले सहकारीको एकिकरणले सदस्य सेवामा गुणस्तर वृद्धिहुने अपेक्षा सहित श्रोत परिचालन बचत तथा ऋण सहकारीको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।
वि.स २०५४ साल कार्तिक १२ गते २६ जना संस्थापकद्वारा ५२००० पूंजीबाट सुरु भएको संस्था हाल ६ करोड १९ लाख शेयर पूंजी, रु ५२ करोड ९२ लाख कुल सम्पत्ती र ६३७० जना सदस्य सहित आधुनिक प्रविधि, मोवाईल बैकिङ सेवा सहित निति र विधि मार्फत सदस्य सेवाकेन्द्रको शुभारम्भ भएको संस्थाको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्य रहेको थियो भने वडा नं ६ र ७ का वडा अध्यक्षहरुको आतिथ्य रहेको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।