नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,२३ चैत ।
राष्ट्रिय र्याङ्कीङ तथा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता तेश्रो मेयर कप २०७९ आजबाट शुरु भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा,धादिङ जिल्ला ब्याडमिन्टन संघको संयोजन र नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा तेश्रो मेयर कप २०७९ शुरु भएको हो ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना र प्रमुख जिल्ला अधिकारी रमेश ढकालबीच ब्याडमिन्टन खेलेर प्रतियोगिता शुरु गर्नुभएको थियो । खेलले स्वास्थ्यमा राम्रो गर्ने भन्दै नगरप्रमुख ढुंगानाले प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आफ्नो क्षमता देखाउने अवसरको रुपमा लिन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय र्याङ्कीङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताले धादिङको लागि राष्ट्रिय स्तरका आन्तरिक पर्यटक भित्राउने अवसर मिलेको नगर प्रमुख ढुंगानाले बताउनुभयो । यस प्रतियोगितामा धादिङ, कास्की,चितवन, काठमाडौं, ललितपुर, मोरङ र सुनसरी लगायतका जिल्लाहरुबाट २२० खेलाडीहरु सहभागी रहेका छन् ।

जिल्ला ब्याडमिन्टन संघ धादिङको व्यवस्थापन तथा नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोगमा राष्ट्रिय पुरुष डवल ४५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय पुरुष डवल ५५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय तर्फ खुल्ला निर्वाचित जनप्रतिनिधि स्तरीय पुरुष डवल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, जिल्ला स्तरीय पुरुष डवल बी लेवल, राष्ट्रिय पुरुष तर्फ प्रथम ३० हजार, दितिय २० हजार र तृतीय १५ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।

विश्व खेलकूद दिवसको अवसर पारी आज कार्यक्रममा केक काटेर शुभकामना आदनप्रदान गरिएको थियो । उद्घाटन समारोहमा नगर उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,प्रहरी प्रमुख गौतम मिश्र,नीलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरु ल्गायतको आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |