नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,१२ साउन
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को उत्तरपुस्तिका रिचेकिङपछि धादिङ आवासीय माध्यमिक विद्यालयका दुई विद्यार्थीले अन्ततः ४.० जीपीए प्राप्त गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले रिचेकिङपछिको संशोधित नतिजा सार्वजनिक गरेसँगै विद्यालयका विद्यार्थी मुस्कान तामाङ र पाविल श्रेष्ठको नतिजा ४.० जीपीए कायम भएको हो।
प्रारम्भिक नतिजामा अपेक्षाअनुसार अंक नआएपछि उनीहरू मात्र होइन, परिवार, शिक्षक र विद्यालयसमेत गम्भीर चिन्तामा परेका थिए। वर्षौँको निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट शैक्षिक प्रदर्शन गरेका विद्यार्थीले अपेक्षाभन्दा कम नतिजा पाएपछि उनीहरूको आत्मविश्वासमा धक्का पुगेको थियो। अभिभावकहरू आफ्ना सन्तानको क्षमतामाथि प्रश्न उठेको अनुभूति गर्दै मानसिक तनावमा परेका थिए भने विद्यार्थीहरू आफूले गरेको मेहनतको उचित मूल्याङ्कन नभएको पीडामा थिए।
विद्यालयका प्रिन्सिपल ईश्वरीप्रसाद पाण्डेका अनुसार प्रारम्भिक नतिजा सार्वजनिक भएपछि उत्तरपुस्तिका परीक्षण प्रक्रियामै त्रुटि भएको आशंका विद्यालयलाई लागेको थियो। त्यसपछि सम्बन्धित विषयको उत्तरपुस्तिका रिचेकिङका लागि निवेदन दिइएको थियो।ूविद्यार्थीहरूको शैक्षिक स्तर, आन्तरिक मूल्याङ्कन र परीक्षापछि गरिएको विश्लेषणका आधारमा प्रारम्भिक नतिजा स्वाभाविक लागेन। त्यसैले रिचेकिङको प्रक्रिया अघि बढायौँ, र अन्ततः दुवै विद्यार्थीले ४.० जीपीए प्राप्त गरे। यसले हाम्रो शंका सही रहेको पुष्टि गरेको छ,प्रिन्सिपल पाण्डेले बताउनुभयो ।
उनले रिचेकिङपछिको नतिजाले धादिङ बोर्डिङ जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक भएको पहिचानलाई थप बलियो बनाएकोबताउनुभयो । विद्यालयले उत्कृष्ट सफलता हासिल गरेका दुवै विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।प्रारम्भिक नतिजामा भएको त्रुटिका कारण दुई विद्यार्थीले मात्र होइन, उनीहरूको परिवारले समेत अनावश्यक मानसिक तनाव र अन्योलको सामना गर्नुपर्यो। एसईईजस्तो जीवनको महत्वपूर्ण मोडमा आउने नतिजाले विद्यार्थीको आत्मविश्वास, भविष्यको शैक्षिक योजना र छात्रवृत्तिका अवसरसम्म प्रत्यक्ष प्रभाव पार्ने भएकाले मूल्याङ्कन प्रक्रियामा हुने सामान्य देखिने त्रुटिले पनि ठूलो मनोवैज्ञानिक असर पार्न सक्छ।
शिक्षाविद्हरूका अनुसार उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन प्रक्रियामा अझ बढी पारदर्शिता, गुणस्तरीय पुनः परीक्षण र प्रभावकारी अनुगमन आवश्यक छ। अन्यथा, वास्तविक क्षमता भएका विद्यार्थीले आफ्नो उपलब्धिको मान्यता पाउन अनावश्यक संघर्ष गर्नुपर्ने अवस्था दोहोरिन सक्छ। सार्वजनिक भएको पहिलो नतिजा नै अन्तिम सत्य नहुन सक्ने यो घट्नाले पुष्टि गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |