वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी व्यवस्थापकलाई सम्मान गरेको छ।
शाखाले आयोजना गरेको ‘अभिकर्ता सम्मान तथा उपलब्धि समीक्षा कार्यक्रम’ मा वर्षभर उत्कृष्ट टिम व्यवसाय गर्ने, व्यक्तिगत रूपमा उत्कृष्ट व्यवसाय गर्ने, सर्वाधिक बीमालेख (पोलिसी) बिक्री गर्ने तथा उत्कृष्ट मासिक एजेन्सीका रूपमा सफल भएका अभिकर्तालाई विभिन्न विधामा सम्मान गरिएको हो। यसका साथै चेयरम्यान क्लब, प्रमुख कार्यकारी अधिकृत (सिइओ) क्लबलगायत विभिन्न उपलब्धिमूलक श्रेणीमा स्थान बनाउन सफल अभिकर्तालाई पनि सम्मान गरिएको शाखाले जनाएको छ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक उपलब्धिको समीक्षा गर्दै शाखाले कम्पनीले दिएको लक्ष्यभन्दा १२९ प्रतिशत प्रिमियम व्यवसाय गर्न सफल भएको जानकारी दिइयो। शाखाले आर्थिक वर्ष ०८२/८३ मा प्रथम बिमा शुल्कबापत ४२१ जनाबाट ३ कराेड ५० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरिसकेको जनाएको छ।
शाखा प्रमुख जीवन सिलवालले उक्त उपलब्धि कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीको विश्वास र सहकार्यको परिणाम भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि गुणस्तरीय सेवा विस्तार गर्दै थप नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार जीवन बीमा केवल आर्थिक योजना मात्र नभई परिवारको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम हो। कुनै अप्रत्याशित दुर्घटना वा आर्थिक संकटका बेला जीवन बीमाले आश्रित परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्दै उनीहरूको जीवनयापन र भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने उहाँको भनाइ थियो।
सिलवालले सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङ शाखाले विगतदेखि नै जिल्लामा जीवन बीमाको पहुँच विस्तार गर्दै हजारौँ नागरिकलाई बीमाको दायरामा ल्याउने कार्य निरन्तर गर्दै आएको पनि बताउनुभयो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।