नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ५२ लाख ५५ हजार ८६ कित्ता शेयर रू एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रू सात करोड ६३ लाख ९२ हजार चार सय ४२ बराबरको कारोबार भयो । साथै एनआइसी एशियाको रू छ करोड १९ लाख ९५ हजार नौ सय २२, सिटिजन बैंकको संस्थापक शेयर रु पाँच करोड ८५ लाख २७ हजार एक सय, शिवम् सिमेन्ट रु चार करोड १३ लाख ७७ हजार पाँच सय दुई र हिमालयन डिस्टिलरी रु तीन करोड ४२ लाख ६२ हजार आठ सय २० बराबरको शेयर कारोबार भएको छ ।
आजको कारोबारमा युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावर सात दशमलब ७३,नयाँ सारथी लघुवित्त छ दशमलव १८, मानुषी लघुवित्त पाँच दशमलव ६७ र विन्दवासिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७७ प्रतिशतले बढेको छ । साथै सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३६, स्वाभिमान लघुवित्त चार दशमलव ७२, सानिमा ग्रोथ स्किम चार दशमलव ४५, विन नेपाल लघुवित्त चार दशमलव शून्य आठ र लक्ष्मी इक्विटी फण्डको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |