नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,०४ पौष ।
धादिङबेशीमा आधारभुत प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ । श्रोत साकोसको भवनमा शुक्रबारदेखि सुरु भएको प्राथमिक उपचार तालिम सोमबार सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको प्राविधिक सहयोगमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आधारभुत प्राथमिक उपचार तालिमको संचालन गरिएको थियो ।
तालिममा प्राथमिक उपचार, चोट पटक, वेहोशी, कृतिम श्वास प्रश्वास, घाउ र पट्टीको प्रयोग, पोलाई, विष, मेरुदण्डको चोट पटक, घाईते विरामीको उद्वारको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो ।
तालिममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्रि तथा प्रशिक्षक नारायण कुमार श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी, याम प्रसाद कोईराला र लक्ष्मी शाहले सहजिकरण गर्नु भएको थियो । श्रोत परिचालन सहकारी संस्था लि.का १८ बर्ष देखि २५ बर्ष सम्मका ७ जना महिला ९ जना पुरुष गरी १६ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षतामा भएको तालिमममा युवा तथा बालबालिका उप समितिका संयोजक नविन दुवाडी, कार्यालय प्रमुख दयानिधि नेपालको समेत आतिथ्यता रहेको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |