धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,२९ कात्तिक ।
सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ ।
गृह मन्त्रालयले आज एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मङ्सिर २ देखि ५ गतेसम्म विदा दिइएको छ ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको थियो ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले पनि आगामी मङ्सिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्वविद्यालयका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।
कतिपय क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएको हुँदा विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने देखिएकाले विदा दिने निर्णय गरिएको विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि मतदानका दिन आन्तरिक उडानतर्फ नियमित उडान नहुने जनाएको छ । सो कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिकतर्फका नियमित उडान हुनेछैन । यद्यपि चार्टर उडान भने हुनेछ ।(

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |