धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,२५ असोज ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ बुझाएका छन् । फरक-फरक जन्म मिति भएको भन्दै परेकाे उजुरीमा देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् ।
उजुरीबारे आज साँझ ५ बजेसम्म निर्णय हुने डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । बीपी काँग्रेसका तर्फबाट डडेल्धुराको उम्मेदवार रहेका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी दिएका थिए ।
नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् । मल्ल बीपी कांग्रेसका वरिष्ठ उपसभापति हुन् ।फाईल तस्विर
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |