धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
चितवन २४ असोज ।
चितवनमा प्रतिनिधिसभा सदस्यमा तीन सिटका लागि ५८ जनाको उमेदवारी परेको छ । चितवन १ मा २० जनाको उमेदवारी परेको छ ।
एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्रप्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा ११ जना र १ (ख)मा नाैजनाको उम्मेदवारी परेको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर २ (क)मा ८ जना र क्षेत्र नं २ (ख)मा १४ जनाको उमेदवारी परेको उनले बताए । क्षेत्र नम्बर ३ मा २० जनाको उम्मेदवारी परेको छ । एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, कांग्रेसबाट बागी दिनेश कोइराला र कांग्रेसबाट कारबाहीमा परेका जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् ।
राप्रपाबाट विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बरालले उमेदवारी दिएकी छन् । प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर ३ (क)मा आठ, क्षेत्र नम्बर ३ (ख) मा नाैजनाको उम्मेदवारी परेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |