धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाडौँ,२२ असोज ।
देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।
गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार करोड ४३ लाख मूल्यको दुई लाख २७ हजार पाँच सय ३६ किलोलिटर इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा रु नौ अर्ब २० करोड ७३ लाखको एक लाख ९० हजार नौ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । गत आवको तुलनामा चालु आवको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उहाँले बताउनुभयो । खरिद मूल्यमा भने ४५।९३ प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ ।
गत आवको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु १० अर्ब १३ करोड मूल्यको एक लाख ४८ हजार चार सय ६० किलोलिटर डिजेल, रु चार अर्ब ६३ करोड मूल्यको ६२ हजार सात सय ३२ किलोलिटर पेट्रोल, रु एक अर्ब ९८ लाख मूल्यको १५ हजार तीन सय ६४ किलोलिटर हवाई इन्धन, रु सात करोड ७४ लाख मूल्यको नौ सय ८० किलोलिटर मट्टितेल र रु चार अर्ब १९ करोड मूल्यको ४३ हजार छ सय २४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ।
चालु आवको सोही अवधिमा रु १३ अर्ब ९५ करोड मूल्यको एक लाख सात हजार चार सय ६ किलोलिटर डिजेल, रु सात अर्ब ५३ लाख मूल्यको ६२ हजार सात सय ६० किलोलिटर पेट्रोल, रु दुई अर्ब ४२ करोड मूल्यको १८ हजार नौ सय ८० किलोलिटर हवाई इन्धन, रु १२ करोड १५ लाख मूल्यको आठ सय ८० किलोलिटर मट्टितेल र रु पाँच अर्ब ७४ मूल्यको ४२ हजार पाँच सय ६२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज नाकाबाट इन्धनको आयात घटे पनि त्यसबाट सङ्कलित हुने राजश्व भने दुई प्रतिशतले बढेको छ । गत आवको पहिलो दुई महिनामा रु नौ अर्ब ६६ करोड ९६ लाख राजश्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रु १६ करोड ७२ लाख बढी अर्थात् रु नौ अर्ब ८३ करोड ६९ लाख राजश्व सङ्कलन भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |