Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन कांग्रेस नेता सक्रिय

नीलकण्ठ एफ.एम २७७५ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २१, शुक्रबार (३ साल अघि)
बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन कांग्रेस नेता सक्रिय

महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) अपूर्व ढुंगानालाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दवाव सुरु भएको पाइएको छ ।

सत्ता र सक्तिको आडमा गतवर्ष मंसिर ४ गते खानिखोला पुगेका प्रहरी निरीक्षक ढुंगानालाई छुटाउन सार्वजनिक लेखा समितिका पुर्व सभापति भरतकुमार शाह सहित नेपाली कांग्रेसका नेताहरुले प्रहरी प्रधान कार्यालय मार्फत दवाव दिन थालेका छन् । कांग्रेस  नेता शाह रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७४ सालको निर्वाचनमा विजयी सांसद हुन् । उनी अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै छन् ।

धादिङका एक प्रहरी अधिकृतका अनुसार ढुंगानालाई मिलाएर मुद्दा चलाउन र सहज बनाउन दवाव दिदै शाहलगायत बालुवाटारबाट समेत पटक पटक फोन आउने गरेको छ । धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले फोनबाट आउने दवावका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेको प्रहरी अधिकृतहरु बताउँछन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहकी श्रीमती कांग्रेस रुपन्देहीकी उपसभापति अनिता ढुंगाना शाहका सहोदर भाई हुन् । भरतकुमार शाह प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका अति निकटस्थ हु्न् ।

यतिमात्रै होईन लम्जुङको सुन्दरबजार नगरपालिका घर भई काठमाडौ बसोबास गर्दै आएका ढुंगाना कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका नजिकका आफन्त समेत भएकोले प्रहरीमा पटक पटक आकर्षक पोष्टिङ पाउँदै आएको प्रहरीभित्र ब्यापक चर्चा हुने गरेको छ । उनलाई सहज हुने वातावरण बनाउन पौडेलसमेत सक्रिय रहेको पाइएको छ ।

धादिङका एक प्रहरी अधिकारीका अनुसार यसअघि पनि एकजना महिला प्रहरी अधिकृतमाथि जवर्जस्ती करणी प्रयत्न गरेको मौखिक उजुरी थियो तर ढुंगानाले बालुवाटारको शक्ति प्रयोग गरेर ती अधिकृतलाई सरुवा मात्रै गराएनन् यो बिषय उठाए जुनसकुै बेला जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए ।

“ढुंगाना सरको खानिखोलामै यसपटक तेश्रो पटक हो, उहाँलाई मापसे गरेपछि नियन्त्रण गर्न गाह्रो हुँदो रहेछ”–ती प्रहरी अधिकृतले भने । राति एक बजे घटना घटाएर बिहान काठमाडौ पुगेका ढुंगानालाई गएको शनिवार साँझबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • समाचार
    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0