प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ,१७ असोज ।
समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि विभिन्न राजनीतिक दलका २९ जनाले निवेदन दिएका छन्।उनीहरूले दिएको निवेदनपछि निर्वाचन आयोगले सम्बन्धित दलहरूलाई यसको जानकारी गराएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरूले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन्।निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यालय तर्फका प्रवक्ता गुरु वाग्लेले प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन्।
उनीहरूले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको वाग्लेले बताउनुभयो । नाम फिर्ताका लागि निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन्।
यस्तै प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १÷१ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन् । आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १२ बजेसम्मको समय तोकेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |