प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१४ असोज।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबि गर्नुभएको छ ।
शुक्रबार नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सांसद लोहनीले अहिलेको गठबन्धन संविधान र लोकतन्त्र रक्षाका लागि नभई केही लोभिपापीहरुको निहित स्वार्थ पूरा गर्न बनाएको बताउनुभयो ।
स्वार्थले गठबन्धन गरेको कुरा जनताले बुझेकाले अबको संघ र प्रदेश निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउनुभयो । लोहनीले न्यायपाालिकाको नाममा किर्ते काईते गरेर देश निर्माण र विकासमा काम गरिरहेको एमालेलाई सत्ताबाट हटाएको आरोप लगाउनुभयो ।गठबन्धनको नाममा घेराबन्दी गरेको भएपनि एमाले नै स्थानिय निर्वाचनमा जसरी पहिलो मत ल्याउने पार्टी हुने उहाँको दावी छ ।
यस्तै एमाले धादिङका उपसचिव राधिका सापकोटाले आगामी निर्वाचन स्वच्छ बनाउन कर्मचारीले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले स्वच्छ निर्वाचनका लागि कर्मचारी र राजनितिक दल मिलेर लाग्नुपर्ने बताउनुभयो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |