धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाडौँ,१३ असोज ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो । सो समयमा ३ अर्ब ६५ करोड ३ लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ ।
बितिका दुई महिनामा नेपालमा स्वीट्जरल्याण्ड, टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट सुन आएको छ । विभागका अनुसार साउन र भदौ महिनामा स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन नेपाल आएको छ । यस्तै, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।
पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी सुन युएईबाट आएको छ । सो अवधिमा युएईबाट १ अर्ब ८६ करोड १ लाख १८ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालमा ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँको १ हजार २१५ केजी सुन भित्रिएको थियो ।
गत वर्षको सेही अवधिको तुलनामा यस आर्थिक वर्षको पहलिो दुई महिनामा ४ अर्ब ७० करोड ७४ लाख ४ हजार रुपैयाँ कमको सुन नेपालले आयात गरेको छ । गत आर्थिक वर्षको साउन र भदौ महिनामा युएईबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ र टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँको सुन नेपालले आयात गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |