नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
काठमाडौँ,५ असोज ।
नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । अवैधरुपमा मालसमान भित्रिनेक्रम बढेपछि भन्सारले केही महिनादेखि लक्ष्यअनुसारको राजस्व सङ्कल गर्न नसकेको हो । अघिल्लो आर्थिक वर्षमा राजस्व असुलीमा वार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्याङ्क हेर्दा पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्यसमेत कमी देखिएको छ ।
भन्सार राजस्व असुलीमा गत वर्षको साउनमा लक्ष्यको १३१.४८ प्रतिशत भेटेको नेपालगञ्ज भन्सारले चालु आर्थिक वर्षको साउनसम्ममा लक्ष्यको ७५.७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । नेपालगञ्ज भन्सारले गत असारमा लक्ष्यको ७८.१० प्रतिशत, जेठमा लक्ष्यको ७७.५४ प्रतिशत, वैशाखामा ७६.७६ प्रतिशत, चैतमा ७९.१६, फागुनमा ८९.७४, माघमा ७७.३० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको थियो ।
गत आर्थिक वर्षमा मासिक लक्ष्य साउन र असोजमा मात्रै हासिल भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार राजस्व असुलीमा निरन्तर असफलता रहे पनि चालु आर्थिक वर्ष २०७९/८० का लागि अघिल्लो आव २०७८/७९ माभन्दा चार अर्ब बढी लक्ष्य भन्सारले पाएको छ । चालु आव २०७९/८० मा रु २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार लक्ष्य निधारण गरेको हो । अघिल्लो आव २०७८/७९ मा नेपालगञ्ज भन्सारले रु २५ करोड २१ लाख ६ लाख ६२ हजार लक्ष्य पाएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |