धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,०१ असोज ।
धादिङमा कुल मतदाता दुई लाखा ६५ हजार बढि रहेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि जिल्लामा कुल मतदाता संख्या दुई लाखा ६५ हजार ९९६ रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयका अनुसार कुल मतदातामा १ लाख ३० हजार ५९४ जना महिला, १ लाख ३५ हजार ४०१ जना पुरुष र १ जना अन्य रहेका छन् । २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी मतदाता संख्याको आधारमा १ सय १४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र रहने छ । अहिले ५ वटा मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ । जसमा क्षेत्र नं १ को ‘क’ मा ७३ हजार १५७ मतदाता, २८ मतदान स्थल र ७९ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ५९ हजार १९७ मतदाता, २५ मतदान स्थल र ६९ मतदान केन्द्र रहेको छ ।
त्यसैगरी क्षेत्र नं २ को ‘क’ मा ७० हजार ७०१ मतदाता, २५ मतदान स्थल र ७८ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ६२ हजार ९४१ मतदाता, ३६ मतदान स्थल र ७७ मतदान केन्द्र रहेको छ ।यसअघि गत बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा १०९ वटा मतदान स्थल र ३०३ मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदाताको सङ्ख्या २ लाख ६८ हजार ४७२ रहेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |