Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२४४५ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ २२, सोमबार (२ महिना अघि)
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

धादिङबेशी,२२ असार । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उप्रेती  प्रमुख वक्ताको रुपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत वीर सिंह भण्डारी बिशेष वक्ताको रुपमा सहभागी हुनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु र कार्यालयका शाखा प्रमुखहरु वक्ताका रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा सेवा प्रवाह, विकास निर्माण तथा प्रशासनिक गतिविधिबारे जानकारी गराउँदै वक्ताहरुले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा सबै वडा अध्यक्ष, शाखा प्रमुख, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाइमा सहभागीहरूले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, विषादी र मासु पसलको नियमनमा कडाइ गर्न, योजना सम्झौतापछि बैंक खातामा रोकिएको रकमको समस्या समाधान गर्न तथा विद्यार्थी सङ्ख्या घटेका विद्यालयको व्यवस्थापनबारे आवश्यक निर्णय गर्न सुझाव दिएका छन्। त्यसैगरी, सल्यानकोट स्वास्थ्य चौकीलगायत स्वास्थ्य संस्थामा जनशक्ति अभाव हटाउन, पशु सेवा शाखामा औषधिको उपलब्धता सुनिश्चित गर्न, धानको बीउ वितरणलाई व्यवस्थित बनाउन तथा कार्यालयमा दर्ता भएका फाइल र बिल सुरक्षित व्यवस्थापन गर्न आग्रह गरिएको छ।

सहभागीहरूले गाउँपालिकाका लागि आवश्यक सामग्री स्थानीय बजारबाट खरिद गरी स्थानीय व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारको निर्माण कार्य शीघ्र सम्पन्न गर्नुपर्ने तथा बिग्रिएका एक्स–रे लगायतका उपकरण तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताएका थिए । कार्यक्रममा स्वास्थ्य सेवाको विस्तार, एम्बुलेन्स व्यवस्थापन, गोलाङ क्षेत्रमा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति व्यवस्थापन तथा सडक निर्माणको गुणस्तरमा प्रभावकारी अनुगमन गर्नुपर्ने विषय पनि उठाइएको थियो।

यसैगरी, शाखागत कार्यक्रम र गतिविधिको नियमित प्रचार–प्रसार गर्न, कार्यालयका कर्मचारीका लागि समान कार्य वातावरण सुनिश्चित गर्न, कर्मचारीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न तथा प्रमुख प्रशासकीय अधिकृतको स्थायित्वमा ध्यान दिनुपर्ने सुझाव सहभागीहरूले दिएका छन्। गाउँपालिकाभित्र सञ्चालनमा रहेका वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा सामाजिक कार्यमा लगानी गर्नुपर्ने विषयमा पनि पालिकाले पहल गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो। सहभागीहरूले सार्वजनिक सुनुवाइलाई नियमित रूपमा सञ्चालन गर्न समेत आग्रह गरेका छन्।

कार्यक्रमको समापनमा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव र गुनासोलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नागरिकबाट प्राप्त सुझावका आधारमा सेवा प्रवाहमा रहेका कमजोरी सुधार गर्दै थप प्रभावकारी, पारदर्शी र उत्तरदायी स्थानीय शासन प्रणाली विकास गरिने जनाइएको छ। सार्वजनिक सुनुवाइले नागरिक र गाउँपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गरी सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुगेको गाउँपालिकाले जनाएको छ। साथै कार्यक्रममा सहभागी भई सुझाव, जिज्ञासा र प्रतिक्रिया दिने सबै नागरिक, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सरोकारवालाप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

  • घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

  • समाचार
    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0