Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

पेट्रोलियम पाइपलाइनले तीन वर्षमा जोगायो पाँच अर्ब

नीलकण्ठ एफ.एम १३८२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २८, मंगलबार (३ साल अघि)
पेट्रोलियम पाइपलाइनले तीन वर्षमा जोगायो पाँच अर्ब

नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको तीन वर्ष पुरा भएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट तीन वर्षमा २८ लाख ९७ हजार ५ सय १९ किलोलिटर डिजेल आयात भएको निगमले जनाएको छ ।

उक्त परिणामको डिजेल आयात गर्दा यसअघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै पाँच अर्ब रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । पाइपलाइनको उद्घाटन नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ नेपाल र भारतबाट बटम थिचेर गरेका थिए ।

प्रतिघन्टा दुई लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको तीन वर्ष सफल भएको र पाइपलाइनबाट इन्धनबाट आउँदा सुरक्षित हुने, चुहावट र अवरोध नहुने हुँदा पाइपलाइन अत्यन्तै सफल भएको नेपाल आयल निगम लिमिटेड मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख इन्जिनियर प्रदीप यादवले बताए ।

भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको निगमको केन्द्रीय कार्यालयले जनाएको छ ।

ट्यांकरबाट इन्धन आयात गर्दा बाटोमै चुहावट हुने, सवारी दुर्घटना हुने, सडक अवरोधका कारण नियमित ढुवानीमा कठिनाइ हुने जस्ता समस्या निगमले भोगिरहेको थियो । निगमले अहिले पाइपलाइनबाट डिजलमात्रै ल्याइरहेको छ । पछिल्लो तीन वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजल आयात भएको यादवले जानकारी दिए । पाइपलाइनबाट वार्षिक २५ लाख किलोलिटर इन्धन आयात गर्ने क्षमता छ।

हाल सञ्चालनमा रहेको ६९.२ किलोमिटरको पाइपलाइनबाट डिजलमात्रै आयात गरिरहेको निगमले पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको छ । दुई वर्षभित्र पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको बताउँदै यादवले पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म लगिने जानकारी दिए ।

अमलेखगन्जस्थित प्रादेशिक कार्यालय नेपालकै सबैभन्दा ठूलो इन्धन भण्डारण क्षमता भएको डिपो हो । २०३३ सालमा निर्माण भएको यो डिपो अहिले ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस डिपोमा १९ हजार ८ सय ४० किलोलिटर डिजेल, तीन हजार चार सय ३० किलोलिटर पेट्रोल, सात सय ६० किलोलिटर मट्टितेल भण्डारण गर्ने क्षमता रहेको छ ।

अमलेखगंज डिपोको क्षमताले देशको २.५ दिनको पेट्रोलियम पदार्थको माग धान्न सक्ने अवस्था छ । देशको २६ जिल्लामा आपूर्ति व्यवस्थापन गर्दै आएको डिपोसँग अहिले चार सय २४ डिलर, दुई सय ६४ ढुवानीकर्ता रहेका छन् ।

अमलेखगंजबाट विराटनगर, जनकपुर, थानकोट, पोखरा, भलवारी डिपोमा स्टक ट्रान्सफर हुँदै आएको छ । यस डिपोले दैनिक औसत ५ हजार किलोलिटर इन्धन स्टक ट्रान्सफर र ६ हजार ५ सय किलोलिटर इन्धनको आपूर्ति तथा वितरण गर्दै आएको छ ।

डिपोको सुरक्षाका लागि २४ लाख लिटरको पानी ट्यांकीसहित फायर फाइटिङको व्यवस्था गरिएको छ । डिपो तथा पाइपलाइन क्षेत्रमा २० वटा फायरमोनिटर, हाइड्रान्टसहित १४ इन्चको फायरलाइन छ । डिपोमा प्रतिघण्टा दुई सय ८८ किलोलिटर डिस्चार्जयुक्त दुईवटा वटा फायरइन्जिन रहेको छ ।

प्रत्येक लोडिङ अनलोडिङ वेमा क्यापासिटेटिभ अर्थिङ तथा विभिन्न क्षमताका सयभन्दा बढी फायर बोतलको व्यवस्था छ । सम्भावित आगलागी नियन्त्रणका लागि डिपोसँग आफ्नै दुई वटा दमकल छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0