निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,२६ भाद्र ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङ जिल्लामा सञ्चालित थप ६ होटल तथा खाजा घर र स्पलायर्स/किराना पसलमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन टोली धादिङले शनिबार ९ वटा फर्महरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत गर्ने ६ वटा फर्महरुलाई नगद जरिवाना सहित कारबाही गरेको छ ।
टोलिले थाक्रे गा.पा.–८ चारकिलोको सुपा देउराली रेष्टुरेन्ट एण्ड भोजनालयलाई दश हजार, दर्ता नभएको कोल्ड स्टोरलाई पाँच हजार, थाक्रे गा.पा.–८, चिनिमिलको न्यू हरियाली होटललाई दश हजार, भुजेल जनरल स्टोरलाई पाँच हजार प्रकाश कोल्ड स्टोर एण्ड खाजा घरलाई पाँच हजार र धुनिबेशी न.पा.–६, धार्केको आर.एल. स्टोरलाई दश हजार जरिवाना तिराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
टोलीले अनुगमनको क्रममा १४ हजार २ सय रुपैयाँ बराबरको म्याद गुज्रेका÷सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ । जिल्ला अनुगमन टोलीले यसअघि पनि पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित ४४ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा २६ होटललाई कारबाही गरेको थियो भने १ लाख १३ हजार ८ सय ५ रुपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको थियो ।
कारबाहीमा परेका होटलहरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको, दर्ता नगरी सञ्चालनमा गरेको पाइएको जरिवाना तिराईएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको, तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिएको छ। जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह समेत गरेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |