नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,३० साउन।
नेपाल विद्युत प्राधिकरणले धादिङबेशीमा अस्थाई रुपमा वैकल्पिक बाटो मार्फत विद्युत सेवा सुचारु गरेको छ । प्राधिकरणले जरे शव स्टेशनको ११ केभी, आखुखोला र धादिङबेसी शवस्टेशन मिलाएर अहिले धादिङबेसी र आसपासका क्षेत्रमा विद्युत सेवा सुचारु गरिएको छ ।
देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइनमा गएरातिको पहिरोले पोल र तारमा क्षति पुगे पछि विद्युत सेवा सुचारु हुन समय लाग्ने भएकाले वैकल्पिक उपाए अपनाउदै अस्थाई रुपमा धादिङबेसी र आसपासका क्षेत्रमा विद्युत सेवा सुचारु गरिएको धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो ।
उक्त ३३ केभी प्रशारण लाइन मर्मत नहुन्जेल अस्थाई व्यवस्थापन गरिएको उहाँको भनाई छ । अस्थाई रुपमा विद्युत जोडिएको सानो क्षमता र टाढाको दुरीबाट विद्युत सेवा सुचारु गरिएकोले छिटो समस्या आउन सक्ने न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुुभयो,‘जरेको ११ केभी लाइन गजुरी फिडरसँग धादिङबेसी शवस्टेशन हुँदै आखुखोला शव स्टेशनबाट अहिलेलाई अस्थाई व्यवस्था गरिएको छ’,ढुक्क हुने अवस्था छैन, यसरी जोड्दा छिटो फल्ट आउने संभावना बढी हुन्छ ।’ हाल सदरमुकाम बाहेक जिल्लाका अन्यत्र पनि वैकल्पिक बाटो खोजी भैरहेको उहाँले बताउनुभयो । विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएको छ । १० वटा विद्युत पोलमा क्षति पुगेको छ । तारहरु चुडेका छन् ।
तस्वीर : नेपाल बिद्युत प्राधिकरण धादिङ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |