Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

धादिङमा मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नीलकण्ठ एफ.एम २४६६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (४ साल अघि)
धादिङमा मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

धादिङ,१४ असार।
धादिङमा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को सोमबार अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ईन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीले प्रतवेदन प्रस्तुत गर्दै पुस्तकमा धादिङका अर्धवार्षिक रुपमा २० ओटा घटना समाबेश हुने बताउनुुभयो ।

जिल्लामा ६ महिनाको अवधीमा स्थानिय तह निर्वाचनको समयमा भएको ९ ओटा कुटपिटको घटनामा ३३ जना घाईते भएको, २ ओटा घर तोडफोड, १ ओटा लुटपाटको घटना भएको उल्लेख छ ।यसैगरि जातिय छुवाछुतको २ ओटा, बाल बलात्कारको १ ओटा, गाउँ निकालाको १ ओटा, बालबालिका कुटपिटको २ ओटा, कर्मचारी कुटपिटको १ ओटा, वृद्ध हत्या १ ओटा घटना भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विकले मानव अधिकारप्रति प्रतिवद्धता जनाउदै मानवअधिकार घटना थाहा पाउन ईन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक महत्वपुर्ण भएको उल्लेख गर्नुभयो। जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारीले आफैले बनाएको कानुन राजनितिक दलले उल्लंघन गरेर मौन अवधीमामा कानुनको उल्लंघन गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी शैलेशले विद्यमान कानून कार्यान्वयन गर्न कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । मौनअवधीमा आचारसंहिता बढि उल्लंघन भएकोले यसलाई सुधार गर्नुपर्ने उहाको भनाई छ ।
जिल्ला सहायक न्यायधिवक्ता प्रकाश सुवेदीले मानवअधिकार संरक्षणका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो । वेवारिसे शव र वेवारिसे मानवको व्यवस्थापनमा सरकारले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक धर्म जंग थिङ, नेपाल बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, अधिवक्ता विश्वराज अधिकारी, विष्णु कुमार श्रेष्ठ, महिला अधिकारकर्मी गायत्री खतिवडा, प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य केशव अधिकारी, अधिकारकर्मी श्याम मगराती, मानवअधिकार एलायन्सका बेगबहादुर सुनार लगायतले मानवअधिकार वर्ष पुस्तकमा स्वास्थ्यको अधिकारबारे उल्लेख गर्न आग्रह गर्दै सबैको पहुँचमा नेपाल मानवअधिकार वर्ष पुस्तक पु¥याउन आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न

  • धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • समाचार
    त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0