धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
काठमाडौं, १२ असार ।
रोल्पा, रसुवा र चितवनमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
रोल्पाको रोल्पा नगरपालिका–२ धैरे पोखरास्थित जंगलको ओढारमा सोही नगरपालिका–९ घर भएका ६३ वर्षीय हर्क वहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरे घट्टेखोलास्थित होटलको कोठामा सिन्धुली हरिहरपुर गाउँपालिका–३ घर भएका ४२ वर्षीय सोम कुमार श्रेष्ठ आइतबार मृत अवस्थामा फेला परेका छन् ।
टिमुरेस्थित निर्माणाधिन रसुवागढी हाईड्रो पावरमा जेनेरेटर फिट गर्नको लागि आई उक्त होटलमा बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
चितवनको भरतपुर महानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय विनोद घिमिरे नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित नारायणी नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
गत बिहीबारबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो । घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |