Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

धादिङमा डेङ्गुका बिरामी बढे : सतर्कता अपनाउन चिकित्सकको सुझाव

१२५५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ६, सोमबार (३ साल अघि)
धादिङमा डेङ्गुका बिरामी बढे : सतर्कता अपनाउन चिकित्सकको सुझाव

धादिङ,०६ असार ।
धादिङमा डेङ्गुको जोखिम बढ्दै गएको छ । जिल्लामा गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी देखिन थालेका छन् ।

धादिङ अस्पतालमा सरदर रुपमा दैनिक ५/६ जना डेंगुको संक्रमित आउने गरेको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा.मधुकर दाहालले बताउनुभयो । धादिङको सबै स्थानीय तहका प्रमुखहरुलाई डेंगु संक्रमण फैलिरहेको हुनाले नागरिकहरुलाई सर्तक बनाउनको निम्ति परिपत्र पनि गरिसकेको डा.दाहालले बताउनुभयो ।

डेङ्गु नियन्त्रण गर्न सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै डा.दाहालले हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएको हुनाले पहिले घरबाट नष्ट गर्नुपर्ने बताउनुभयो ।

डेंगु लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ ।

शहरी क्षेत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिने गरेको पाइन्छ । डेंगु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइसल संक्रमण हो ।

यसका प्रमुख लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरुमा पिडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिन सम्म लाग्छ ।

केही बिरामीहरुमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरु अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडी दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरुको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने,घर नजिक कुनै पनि झाडी नराख्ने, लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्ने, शरीर पुरै ढाक्ने कपडा लगाउने र सरसफाइमा ध्यान दिनुपर्ने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा.दाहालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • समाचार
    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0