Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

आज स्थानीय तह निर्वाचन : धादिङमा ३०३ मतदान केन्द्र,२२७५ उम्मेदवार प्रतिस्पर्धामा

नीलकण्ठ एफ.एम २१९८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३०, शुक्रबार (४ साल अघि)
आज स्थानीय तह निर्वाचन : धादिङमा ३०३ मतदान केन्द्र,२२७५ उम्मेदवार प्रतिस्पर्धामा

धादिङ,३० बैशाख ।

आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । एकै चरणमा देशभर हुन लागेको निर्वाचनका लागि धादिङ जिल्लामा १ सय ९ वटा मतदान स्थल निर्धारण गरिएको छ ।

यी स्थलमा ३ सय ३ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लामा मतदाताको सङ्ख्या २ लाख ६८ हजार ४७२ रहेकोे छ ।यसमा १ लाख ३६ हजार ४३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ मतदाता छन्। जिल्लामा सुरक्षाकर्मी बाहेक १ हजार ५१५ कर्मचारी र ९ सय ९ जना स्वयंसेवक खटिएका छन् ।

धादिङको १३ पालिका र १०४ वडामा २ हजार २७५ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । ३ जना वडा सदस्यका उम्मेदवारहरु निर्विरोध भईसकेका छन् भने अन्य उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । सबैभन्दा धेरै उम्मेदवार नीलकण्ठ नगरपालिकामा ३४१ जना र सबैभन्दा कम उम्मेदवार गंगाजमुनामा १३३ जना उम्मेदवार छन् ।

जिल्लाको सबैभन्दा बढी नीलकण्ठ नगरपालिकामा ११ मतदान स्थल र ४६ मतदान केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम नेत्रावती डबजोङमा ५ मतदान स्थल १४ मतदान केन्द्र र खनियाबास गाउँपालिकामा ५ मतदान स्थल र १२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यस्तै सिद्धलेकमा ७ मतदान स्थल र २४ मतदान केन्द्र, रुबीभ्यालीमा ८ मतदान स्थल र १२ मतदान केन्द्र, बेनीघाट रोराङमा १० मतदान स्थल र २४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी धुनीबेशीमा ९ मतदान स्थल र २८ मतदान केन्द्र, थाक्रेमा ११ मतदान स्थल र ३० मतदान केन्द्र, त्रिपुरासुन्दरीमा ८ मतदान स्थल र २४ मतदान केन्द्र, ज्वालामुखीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र रहेको छ।

गल्छीमा ८ मतदान स्थल र २३ मतदान केन्द्र, गजुरीमा ८ मतदान स्थल र २१ मतदान केन्द्र, गंगाजमुनामा ७ मतदान स्थल र २० मतदान केन्द्र तोकिएको छ । धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११ जना छन् भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकामा ८ हजार ९५३ मतदाता रहेका छन् ।

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।तस्विर भुवन भण्डारी–गजुरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

  • घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

  • समाचार
    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0