नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,०४ बेशाख ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।
दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारको लक्ष्मी प्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चिम गेष्ट हाउसबाट दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–५ घर भई हाल भक्तपुर चागुनारायण–५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ, गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल भक्तपुरको चागुनारायण नगरपालिका–५ बस्ने २९ वर्षी फुरी शेर्पा र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउँकोको खप्पर एक थान, चार थान मोबाईल फोनसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |