Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

३६४१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार (१ घण्टा अघि)
योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

धादिङ,३ असोज
नीलकण्ठ नगरपालिका–८ स्थित बँगैचा पतञ्जली योग साधना केन्द्रले भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहतका लागि ५० हजार ४० रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्रका साधक–साधिकाबाट रकम संकलन गरी जिल्ला पतञ्जली योग समितिमार्फत सहयोग गरिएको हो।

बँगैचा पतञ्जली योग साधना केन्द्रले संकलित रकम धादिङ जिल्ला पतञ्जली योग समितिका अध्यक्ष बद्री सुवेदी र कोषाध्यक्ष शरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। बँगैचा योग साधना केन्द्रका प्रभारी अम्बिका सुवेदी र कोषाध्यक्ष विन्दा श्रेष्ठले साधक–साधिकाबाट संकलित रकम जिल्ला समितिलाई हस्तान्तरण गर्नुभएको हो।

रकम हस्तान्तरण गर्दै केन्द्रकी प्रभारी अम्बिका सुवेदीले योग र साधना केवल शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मात्रै नभई समाज र मानवप्रतिको जिम्मेवारी बोध गराउने माध्यम पनि भएको बताउनुभयो। विपद्का कारण आफ्ना घर, सम्पत्ति र दैनिक जीवनका आधार गुमाएका नागरिकको पीडामा सकेको सहयोग गर्नु मानवीय धर्म भएको उहाँको भनाइ छ।

“योग साधनाले शरीर र मनलाई स्वस्थ बनाउने मात्र होइन, अरूको दुःखलाई पनि आफ्नै दुःखका रूपमा महसुस गर्न सिकाउँछ,” सुवेदीले भन्नुभयो, “विपद्को समयमा समस्यामा परेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले साधक–साधिकाले आफ्नो क्षमताअनुसार रकम संकलन गरेर सहयोग गरेका हौँ।”

बँगैचा योग साधना केन्द्रका साधक–साधिकाले नियमित योग, ध्यान र साधनासँगै सामाजिक सेवाको भावनालाई पनि जोड्दै आएको केन्द्रले जनाएको छ। विपद्का बेला गरिएको सहयोगले पीडित परिवारलाई तत्कालको आवश्यकतामा केही राहत पुग्नुका साथै समाजमा सहयोग, सहकार्य र मानवीय संवेदनाको भावना बलियो बनाउन सहयोग पुग्ने केन्द्रको विश्वास छ।

हस्तान्तरण गरिएको रकम जिल्ला पतञ्जली योग समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। जिल्ला पतञ्जली योग समितिका कोषाध्यक्ष शरणकुमार श्रेष्ठले बँगैचा योग साधना केन्द्रबाट प्राप्त ५० हजार ४० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरिने जानकारी दिनुभयो।

भदौ १० गतेको भोटेकोसी बाढीले धादिङसहित विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्‍याएपछि प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, सामाजिक समूह, स्थानीय तह तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन्। यही अभियानमा बँगैचा पतञ्जली योग साधना केन्द्रले पनि ‘योगसँगै सेवा र साधनासँगै मानवता’ भन्ने भावनालाई व्यवहारमा उतार्दै सहयोग गरेको हो।

योगले मानिसलाई आफ्नो शरीर, मन र चेतनासँग जोड्ने अभ्यास गराउँछ भने मानवीय सेवाले व्यक्तिलाई समाज र समुदायसँग जोड्ने काम गर्ने जिल्ला अध्यक्ष बद्री सुवेदीले बताउनुभयो। बँगैचा योग साधना केन्द्रको यो सहयोगले योग र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई समेत उजागर गरेको छ। विपद्को पीडामा रहेका नागरिकका लागि गरिएको सानो सहयोग पनि मानवीय संवेदनाको ठूलो अभिव्यक्ति बन्न सक्ने सन्देश यस सहयोगले दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

    मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

  • संविधान कार्यान्वयनमा अधिकारसँगै कर्तव्य पालना आवश्यक : सहायक प्रजिअ पौडेल

    संविधान कार्यान्वयनमा अधिकारसँगै कर्तव्य पालना आवश्यक : सहायक प्रजिअ पौडेल

  • संविधान दिवसमा धादिङबेसीमा रक्तदान

    संविधान दिवसमा धादिङबेसीमा रक्तदान

  • धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

    धादिङ भलिबल संघमा नयाँ नेतृत्व, अध्यक्षमा अमृत तामाङ

  • समाचार
    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    योग साधनासँगै मानवीय सेवामा बँगैचा योग साधना केन्द्रः बाढीपीडितका लागि ५० हजार ४० रुपैयाँ सहयोग

    मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

    मौलिक हकका लागि नागरिकले अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ : रमेश अधिकारी

    संविधान कार्यान्वयनमा अधिकारसँगै कर्तव्य पालना आवश्यक : सहायक प्रजिअ पौडेल

    संविधान कार्यान्वयनमा अधिकारसँगै कर्तव्य पालना आवश्यक : सहायक प्रजिअ पौडेल

    संविधान दिवसमा धादिङबेसीमा रक्तदान

    संविधान दिवसमा धादिङबेसीमा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0