Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

१७६९ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार (१ घण्टा अघि)
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

धादिङ, २५ भदौ । बाढीपछि वैकल्पिक सडक प्रयोग गरी सञ्चालन भइरहेका यात्रुबाहक सवारीसाधनले बढी भाडा लिएको गुनासो बढेपछि धादिङ मण्डली यातायात प्रालिले भाडादर सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय धादिङमा भएको सहमतिअनुसार मात्रै भाडा लिन आफ्ना व्यवसायीलाई निर्देशन दिएको    छ ।

प्रालिका अध्यक्ष शरद अधिकारीका अनुसार धादिङबेँसीबाट वैकल्पिक कच्ची सडक हुँदै मास्टार निस्केर काठमाडौंसम्म सिधा जाने सवारीसाधनले प्रतियात्रु रु ३९० मात्रै लिन पाउनेछन् । फुर्केखोला क्षेत्रमा यात्रुलाई एउटा गाडीबाट झारेर खोला पार गराई अर्को गाडीबाट गन्तव्यतर्फ पठाउने ‘पल्टी’ प्रणालीमा भने धादिङबेँसी–काठमाडौं पुरानै भाडा रु ३४० कायम रहने उहाँले स्पष्ट पार्नुभएको छ । “कच्ची वैकल्पिक सडक प्रयोग गरेबापत थप गरिएको रु ५० भाडा फुर्केखोलामा गाडी पल्टी गरेर यात्रु पठाउने सवारीको हकमा लागू हुँदैन,” अधिकारीले भन्नुभयो, “त्यस्ता सवारीले साविककै भाडा लिनुपर्छ ।”

डिलक्स बसले बढीमा रु ४६० लिन पाउने
डिलक्स बसको हकमा पनि साविक भाडामा रु ५० भन्दा बढी थप गर्न नपाइने प्रालिले जनाएको छ । साविकमा रु ४१० भाडा रहेको डिलक्स बसले वैकल्पिक कच्ची सडक प्रयोग गर्दा अधिकतम रु ४६० सम्म लिन पाउने अध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार डिलक्स सेवाका सवारीले बीच बाटोबाट यात्रु चढाउन नपाउने व्यवस्था पनि पालना गर्नुपर्नेछ । प्रालिले सार्वजनिक गरेको भाडादरअनुसार धादिङबेँसीबाट मास्टारसम्म रु २४०, बैरेनी रु २५०, गल्छी रु २५५, महादेवबेँसी रु २९०, जुंगेखोला रु ३०५, धार्के रु ३३०, नौबिसे रु ३४५, खानीखोला रु ३६०, थानकोट रु ३७० र काठमाडौंसम्म रु ३९० भाडा कायम गरिएको छ ।

‘विपद्को समयमा बढी भाडा लिने कुरा सोच्न पनि सकिँदैन’
अध्यक्ष अधिकारीले अहिलेको विपद्को अवस्थामा यात्रुबाट मनपरी भाडा असुल्नु अनुचित हुने बताउनुभयो । “विपद्को समयमा राज्य र नागरिकलाई सहयोग गर्नु सबै यातायात व्यवसायीको कर्तव्य हो । यस्तो अवस्थामा बढी भाडा लिने कुरा सोच्न पनि सकिँदैन,” उहाँले भन्नुभयो ।

कुनै सवारीसाधनले सार्वजनिक गरिएको भाडादरभन्दा बढी रकम लिएमा सम्बन्धित व्यवसायी स्वयं कानुनी कारबाहीको भागीदार हुने उहाँले बताउनुभयो । बढी भाडा लिएको पाइए त्यस्ता सवारीको जाँच गरी प्रचलित यातायात  ऐेन अनुसार कारबाही गर्न उहाँले जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायसँग आग्रह समेत गर्नुभएको छ ।

प्रयोजनविपरीतका सवारी नियन्त्रण गर्न प्रशासनसँग माग
यसअघि जिल्लामा भाडादरको विषय उठेपछि प्रशासन र यातायात व्यवसायीबीच भाडा समायोजन तथा सवारी सञ्चालन व्यवस्थित गर्ने विषयमा सहमति भएको अधिकारीले बताउनुभयो । उक्त सहमतिअनुसार व्यवसायीले भाडा समायोजन गरेको तर कानुनी प्रयोजनविपरीत सञ्चालन भइरहेका सवारीसाधन नियन्त्रण गर्ने पक्ष प्रभावकारी रूपमा कार्यान्वयन नभएको उहाँको दाबी छ ।

“हामी प्रशासनसँग भएको सहमतिभन्दा बाहिर गएका छैनौँ,” अधिकारीले भन्नुभयो, “सम्झौताअनुसार व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्दा प्रयोजनविपरीत सञ्चालन हुने सवारीसाधनमाथि पनि सम्बन्धित निकायले निगरानी र कारबाही गर्नुपर्छ ।”

बाढीका कारण फुर्केखोलाको पुलमा क्षति पुगेपछि धादिङबेँसी–काठमाडौं आवतजावतका लागि वैकल्पिक कच्ची सडक प्रयोग भइरहेको छ । सडक परिवर्तनसँगै भाडाबारे अन्योल र बढी रकम असुलिएको गुनासो आउन थालेपछि मण्डली यातायातले भाडादर सार्वजनिक गरेको हो ।

यस्तो छ,धादिङ मण्डली यातायात प्रालिले सार्वजनिक गरेको यातायात भाडादर

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

  • घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

  • बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

    बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

  • समाचार
    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    फुर्केखोला वैकल्पिक मार्गमा सवारी एकतर्फी

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0