युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्य
धादिङबेशी,१४ बैशाख । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा महिलालाई लक्षित गरी दुई महिने सिलाई–कटाई तालिम सुरु गरिएको छ। आइतबार गाउँपालिका–१ मार्पाकमा औपचारिक रूपमा सुरु गरिएको उक्त तालिम २०८३ असार १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
महिलालाई सिपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले “नेत्रावती डवजोङको अभियान, जनतामुखी प्रशासन, समृद्धि र सुशासन” भन्ने नारासहित कार्यक्रम सञ्चालन गरेको हो। तालिमले स्थानीय महिलामा सीप विकास गर्दै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
तालिमको उद्घाटन सत्रमा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन तथा गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष ठाकुर गुरुङलगायतले सहभागीलाई शुभकामना व्यक्त गर्नुभएको थियो । वक्ताहरूले यस्ता सिपमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने धारणा राख्नुभएको थियो ।
गाउँपालिकाले स्थानीय आवश्यकताअनुसार यस्ता तालिमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।